उपकुलपतिलाई १३ विद्यार्थी संगठनले बुझाए तीन बुँदे माग
काठमाडौँः विभिन्न १३ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा.तीर्थ खनियाँलाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
१३ विद्यार्थी संगठनका प्रतिनिधिले आइओएममा समावेशी आधारमा विद्यार्थी भर्ना गर्नुपर्ने, स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने र विद्यार्थी स्वास्थ्य बिमा कार्यान्वयन गर्नुपर्ने तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर, क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङसहितका नेताले उपकुलपति खनियाँलाई ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थीको ज्ञापनपत्र बुझ्दै खनियाँले आगामी फागुन १४ गते जुनसुकै हालतमा स्ववियु निर्वाचन गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारीका) प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।