बहुलवादी समाजको महत्व बुझाउँदै बाबुराम

बहुलवादी समाजको महत्व बुझाउँदै बाबुराम

काठमाडौँः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताएका छन् ।

तामाङ राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालमा धेरै जातजाति तथा समुदाय बसोबास गर्ने भएकाले यहाँ बहुलवादी समाजको महत्व रहेको बताए ।

संयोजक भट्टराईले सम्पूर्ण जातजातिको संस्कृतिको संरक्षणका साथै उनीहरुको अधिकार स्थापित गर्न आफ्नो पार्टी क्रियाशील रहेको बताए । ‘खस आर्य, मधेसी, आदिवासी जनजाति तथा दलितलाई निश्चित प्रतिशतको कलस्टरमा राख्नुपर्छ,’ भट्टराईले भने ।

पार्टीका उपसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेललगायतले आधुनिक नेपालको निर्माणमा तामाङ जातिको महत्व र योगदान रहेको चर्चा गरे ।

भेलाका संयोजक सुवास तामाङले सङ्गठन सुधार गरी महाधिवेशन गर्नका लागि भेला बोलाइएको जानकारी दिए ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा करिब छ प्रतिशत तामाङ जनसङ्ख्या छ । भेलामा देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.