पदाधिकारी मनोनयन छिट्टै:  देउवा

पदाधिकारी मनोनयन छिट्टै:  देउवा

काठमाडौं: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको व्यवस्था अनुसार पार्टीमा मनोनित हुन बाँकी पदाधिकारी र सदस्यहरु छिट्टै मनोनयन हुने बताएका छन्।

शुक्रबार वरिष्ठ पत्रकार परशु घिमिरेले सम्पादन गरेको ‘नेपाली कांग्रेसको महाधिवेशन विषेश’ पुस्तकको विमोचन गर्दै देउवाले पार्टीमा मनोनित हुन बाँकी उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन छिट्टै हुने बताएका हुन्।

‘विधान अनुसार पार्टीको केन्द्रीय समितिमा मनोनयन हुन बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन छिट्टै गर्दैछु’ देउवाले भने, ‘म विधान अनुसारनै पार्टीलाई अघि बढाउने छु।’ देउवाले स्थानीय निकायलाई लामो समयसम्म जनप्रतिनिधि विहिन बनाउन नहुने भन्दै स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनमा तत्काल सहमति हुन नसके वर्तमान गाउ विकास समिति र नगरपालीकामै चुनाव गर्नुपर्ने बताए।

‘वर्तमान गाविस र नगरपालिकामै भएपनि चुनाव गर्नुपर्छ’ देउवाले भने, ‘स्थानीय निकायको चुनाव भएपछि मात्रै संविधान कार्यन्वयन हुने भएकाले पनि त्यसलाई पर धकेल्नेतर्फ सोच्न पनि हुँदैन।’

तरुण प्रकाशन प्रालिले प्रकाशत गरेको पुस्तकका विषयमा पत्रकार सुरेश आचार्यले समिक्षा गरेका थिए। पुस्तकमा कांग्रसको २००३ सालको स्थापना दखि २०७२ सालको तेह्रौ महाधिवेशनका सम्पूर्ण पक्षहरु समेटिएको छ। त्यसका साथै कांग्रेसबाट सरकारमा सहभागि अहिलेसम्मका सबै मन्त्रीहरुको नामावली र परिचय पनि समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.