‘असोजभित्रै पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउँछ’

‘असोजभित्रै पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउँछ’

काठमाडौंः स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानान्द पौडेलले असोजभित्रै आयोगले प्रतिवेदन सरकारलाई बुझाउने बताएका छन्। पौडेलले भने,‘हामी असोजभित्रै ७५ वटै जिल्लाको रिपोर्ट सरकारलाई बुझाउँछौं, अहिले त्यही अनुसार काम भैरहेको छ।’ अहिलेसम्म आयोगले ४८ वटा जिल्लाको काम करिव–करिव सकेको भएपनि ४८ मध्ये ८ जिल्लामा पूर्ण सहमति बनिनसकेको स्पष्ट उनले पारे।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘विवाद रहेका ८ जिल्लामा अहिले रिभ्यु भैरहेको छ।’ पौडेलले बाँकी २७ जिल्लाको प्रतिवेदन बनाउने काम द्रुत गतिमा आयोगले अघि बढाइरहेको बताए। पौडेलले बाँकी रहेका २७ जिल्लाको काम सम्पन्न गर्ने कुरामा समेत आयोग गम्भिर रहेको बताए। उनले भने,‘दशैंमा पनि विदा नलिईकन हामी काम गछौं, सार्वजनिक विदाका दिनमा समेत हामीले काम गरिरहेका छौं, अहिले आयोगलाई कामको चटारो छ।’

आयोगले अघि सारेको ५६५ संख्यामा राजनीतिक दलहरुले विवाद गर्नुपर्ने विषय नभएको समेत अध्यक्ष पौडेलको भनाइ थियो। उनले भने,‘संख्या त निरपेक्ष विषय हो, सापेक्ष रुपमा हेर्नुपर्छ, आयोगको संवैधानिक प्रावधान अनुसार छ कि छैन भनेर बरु दलहरुले हेर्नुपर्छ, अनावश्यक विवाद झिक्नु राम्रो हुँदैन।’

आयोगले अघि सारेको संख्या रेन्जमात्रै भएको उनको तर्क थियो। पौडेलले थपे,‘संख्या त कम हुन्छ, वा बढी हुन्छ।’ उनले ५६५ संख्या भनेको सिंहदरबार र बानेश्वरको अधिकारलाई गाउँसम्म विकेन्द्रिकरण गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.