वैदिक र तान्त्रिक बलि विधि
प्रत्येक मौसम ऋतुजन्य हुन्छ । ६ वटै ऋतुमा ६ वटै मौसम गाँसिएको हुन्छ । प्रत्येक मौसमी ऋतुमा तापक्रम बदलिइरहन्छ । ऋतुराज वसन्त सबै ऋतुभन्दा अलग कोटीको हुन्छ । वसन्तलाई सबै ऋतु हो, मौसम हो । नव उन्मेस भन्नु जीवनमा नयाँ उमंग छाउनु हो । नयाँ उमंग छाउनुको अर्थ नयाँ पालुवाहरू आउनु हो । वसन्तमा मानिस र बोटबिरुवामा नयाँ उमंग तरंगिन थाल्छ । नव उन्मेस तरंगिनु नयाँ उमंग लहरिनु हो । नयाँ उमंग लहरिनु नव जीवन सञ्चारनका क्रिया भाव उद्भव हुनु हो ।
यस प्रकारका भाव तरंग मानिस झैं चैतन्य चेतनशील प्राणीमा यौन वासनामूलक हुन्छ । चेतना सबै जैविक प्राणीमा हुन्छ । स्थिर अस्थामा रहने रूखबिरुवा यस्तो भाव धारा मुक्त र मूर्त रूपमा दर्शाउन्नन् । प्रकृतिले तिनीहरूमा यस्तो स्वभाव, गुण र चरित्र प्रदान गरेको छैन । तिनलाई अर्कै गुण, स्वभाव वरदान गरेको छ । तिनीहरूलाई मदमस्ती व्यक्त गर्न अरू नै प्राकृतिक शक्तिले सहायता गर्छ, गरेको छ । मदहोश अभिव्यक्ति निमित्त हावाको स्पर्श चाहिन्छ ।
हावाले छोए बोटविरुवा लहसिन्छ, उद्वेलित हुन्छन् । झुकझुकाउने स्वभावमा तिनका उन्मेत्तिपन व्यक्त भइरहन्छ । यी अनुभूतिमा मानिसका चिन्तन चेत लुकिरहेका हुन्छन् । एकै ठाउँमा जरा हालेका रूखबिरुवा जैविक बीज तत्त्व केही अंशमा भमरा र माहुरीहरूजस्ता प्राणीले प्रसारण, प्रत्यारोपण गरिरहेका हुन्छन् । यो प्रकृतिको लीला बनेको छ । मानिस चोलाको उही लीलामा प्राकृतिक मौसमी ऋतुको अत्यधिक प्रभाव राखेको छ । मौसमी ऋतुको प्रभाव मानिसका चैतन्य चोलामा उनका चेतनशील चिन्तनले प्रभावकारी भूमिका निर्वाह गर्दछ ।
चेतनामय चिन्तनका प्रभाव देखाउन प्रकृतिले मानिस प्राणीमा १० इन्द्रीय जडान गरेको छ । यी इन्द्रीय अन्य चलायमान/गतिशील पशुपक्षीहरूमा पनि जडित छन् । तथापि ती इन्द्रीयहरूलाई विवेकपूर्ण तवरले परिचालन र प्रयुक्त गर्न तिनमा उदीयमान ब्रह्मविवेक भने जडिदिएको छैन । मानिस प्राणीमा तिनकै उचित र सन्तुलित उपयोग गरेर परिचालन गर्ने क्षमता सजाइदिएको छ ।
त्यसैले मानिस नयाँ खोज गरेर नव आविष्कार गर्न एकदमै सक्षम र सार्थक बनेको छ । आज र भोलिकै वैज्ञानिक चमत्कारहरू यसकै घोतक रहे, बनेको छ । विविधताहरूका समष्टिबीच मानिसले ऋतुजन्य मोसमलाई उपयुक्त चाडपर्वका अनुस्थान शिलान्यास गरेका छन् । यिनै परिपे्रक्ष्यमा हाम्रा पुर्खाले प्रतिष्ठान गरेका विविध चाडपर्वलाई हामी अद्यावधिक रूपमा परिचालन गर्दछौं । शरद ऋतुमा पर्ने मौसमी चाडपर्व विजया दसैं र यमपञ्चम तिहार गरिमामय सांस्कृतिक संस्कारले सजधज जीवन्त गाथा बनेका छन् ।
दसैं पर्वलाई हिन्दु जगत्ले शक्तिपीठ साधनातन्त्रका अवसर ठानी, मानी आएका छन् । शक्तिपीठका साधना मात्र हिन्दु जगत्ले मानी आएको भए पनि सम्पूर्ण मानव जगतैले साधना गर्दै गरेको शाश्वत सत्य हो । शक्तिपीठका दर्शन योनीतन्त्रमा आधारित छ । योनीलाई यस दर्शनले शक्तिपीठ मानेको छ । शक्तिपीठ भन्नु सिर्जनात्मक शक्तिको पीठ हो । सिर्जनात्मक बिन्दु नै पीठ हुन् । सिर्जनात्मक बिन्दु आम नारी जगत्कै शोभा सिन्धु र आकर्षणका बिन्दु बनेका छन् ।
यो र यस्तै अरू आयामिक कोणबाट विश्लेषण गर्दा दसैं विशुद्ध नारी जगत्कै जयन्ती पर्व बन्छ, ठहर्छ । दसैं चाड शारदीय महोत्सवलाई हिन्दु जगत्ले पर्वको प्रत्यक्ष अनुभूत गरेका मात्र हुन् । 'यत्र पुज्यन्ते नारी तत्र देवता रमन्ते' संस्कृत शुक्तिको अन्तर्य खुल्न थाल्छ । दसैं पर्व चाडको रूपमा भव्यताका साथ मान्नुको मर्म नारीलाई शक्ति केन्द्र/बिन्दु ठानी मानी आराधना गर्नु÷पूजा गर्नु ठर्हछ । सादृश/प्रत्यक्ष देख्न र अनुभूत गर्न सकिने यस रहस्यमय दिव्य दर्शनभित्र लेसिएका मर्म नितान्त रूपले मर्मस्पर्शी छ ।
यही मर्मस्पर्शी दिव्यदर्शन गरेर नारी योनस्लाई आम शक्ति केन्द्रकै बिन्दु मानेर बिन्दुबासिनी माताका अवधारणा स्थापित भएका छन्, हुन् । शक्तिपीठ÷योनी बीचको बिन्दु चरण उत्कर्ष र उत्सर्गमूलक, सूक्ष्म शिखर बनेको छ । यो उत्सर्ग र उत्कर्षमूलक तथ्य आम मनुष्य प्राणीकै शाश्वत, सार्वजनिक अहम वास्तविक सम्पदा रहेको छ । सत्यार्थ प्रकाशन, अनुभूत गर्ने चासो र क्षमतामा यसको निरोपण निक्र्योल अनि आत्मसात् हुने, गर्ने क्षमता निर्भर गर्छ ।
सत्यार्थ प्रकाशनका प्रयोजन निमित्त विधिहरू आवश्यक हुन्छन् । चाडपर्वजन्य संस्कृति निर्धारित विधिविधानमा आधारित रहन्छ । निर्धारित विधि नै सांस्कृतिक चाडपर्व मान्ने, मनाइने विधान बन्छ, हुन्छ । तिनै निर्धारित विधिका विधानअनुसारको रीतिरिवाजलाई सांस्कृतिक जगत्ले संस्कारका नामले सम्बोधन गर्दै आएका छन् । संस्कार-संस्कृतिबीचको अति सूक्ष्म र प्रगाढ सम्बन्ध रेखा रहेका छन् । तिनलाई प्रसंगवशका प्रसंग बनाउँदै लानु छ । यस्तै प्रसंगका प्रशंसकले नेपाली सांस्कृतिक सम्पदाका धनसार/ढुकुटी/बैंक समृध्द हुनेछ ।
प्राकृतिक छटा/सौन्दर्य/सुन्दरताको बरद पृष्ठभूमिका आधारमा पूर्वीय दर्शनका आधारस्तम्भ निर्माण गरे, स्थापना गरे । पूर्वीय दर्शनकै आधारमा हाम्रा अनेकौं सांस्कृतिक संस्कार बनेका छन् । तिनै सांस्कृतिक संस्कारका परिशीलन हामीले गर्दै रहेका छौं । हाम्रा सांस्कृतिक संस्कारका परिशीलन पूर्णतया प्राकृत तवरले जीवजन्तुका साथै फलफूल बलिदान गर्ने, गरिने सम्प्रदाय निर्माण भएका छन् । आमिस र निरामिस सम्प्रदाय यसका ज्वलन्त उदाहरण बनेका छन् । आमिसहरू मांसाहारी बनेकाले जीव बलिप्रथाका पक्षपाती रहे । तिनीहरू पशुपक्षी बलि गर्छन् ।
रक्तबीज संस्कारका संस्कृति परिपालन गर्दछन् । हिंसा कर्ममा विजया टीको स्वीकार्छन् । नेवार समुदायका आमिस र निरामिस दुवै सम्प्रदायबीच कुनै संस्कारका स्वरूप एक रूप रहेका छन् । बलि प्रथामा दुवै सम्प्रदाय भिन्न तवर-तरिकामा सहमत छन् । मात्र बलि वस्तु तत्त्वका स्वरूप फरक छन् ।
आमिस÷मांसाहारीहरू सीधै जीवजन्तुहरू बलि चढाउँछन् । यस्ता जीव बलि गर्नेहरू बोका, राँगा, बराह, परेवा, मलेवा, हाँस आदि प्रयोग गर्छन्, गर्दै आएका छन् । जीव प्रथावादीहरूका धारणामा पशुबलि नदिए संसारमा तिनका संख्या असम्भार बन्नेछन् । संसार जन्तु नै जन्तुहरूको सांख्यिक घनत्व बढोत्तरी भएर मानिसको जीवन-समाज असन्तुलित रहने हुन्छ । मानिस प्राणी समाजमा जैविक सन्तुलन कायम राख्न बलिप्रथाका पक्षधरहरू आफ्ना धारणा पसार्छन् ।
अनि बलिबेदीमा चढाउँछन् पशुपक्षीलाई । यसरी बलिबेदीमा घिसारिएका पशुपक्षीलाई बलि दिनुअघि केही तान्त्रिक विधि÷संस्कार पूरा गर्छन् । ती संस्कारहरू मोक्षदा विधिवत् मन्त्र पारायण गरी तिनका श्रवणेन्द्रीय÷कानमा सुनाउँछन्, फुक्दछन्÷यससित गाँसिएका अरू सांस्कारिक विधिविधानहरू पनि छन् ।
वैदिक विधिविधान प्रकृतिजन्य छ । प्रकृतिजन्य भन्नु प्रकृतिप्रधान हुनु, रहनु, बनाइनु हो । वेद व्यास प्रकृतिकै नाभी स्थलबाट जन्मे, हुर्केका महर्षि छन्, हुन् । प्रकृति र प्राकृत तत्त्वमयी हुन् बेदव्यास । प्रकृति विश्लेषण, खोज पूर्ण विवेचना उनका तमाम संचेतना केन्द्रित रहे, बनेका छन् । प्रकृति नै सबथोक हुन् । प्रकृतिभित्रै संचेतना छन् । प्राकृतिक संचेतनाभित्र दर्शन छन् । विज्ञानका गर्भ छन् । प्रकृति वैभवशाली छन् ।
यावत् वैभव प्रकृतिकै गर्भाशयमा छन् । प्राकृत वैभवका विचलनमा विनाश छ, हुन्छ । शक्तिशाली एटम बम आविष्कार प्राकृतिक वैभवका खोज, प्राप्ति र उपलब्धि रहेको छ । छद्म नामधारी लिटिल ब्वाइ र फाय्ट 'माय्न' जापानको हिरोसिमा र नागासाकीमाथि विस्फोट भए, गरिए । ती सबै संचित प्राकृत सम्पदाका विचलन थिए, हुन् । प्राकृत सम्पदाका विश्लेषण, खोज, विवेचनाले सम्प्राप्ति, वैभव र उत्सर्गमूलक आनन्दी अभिषेक जुटाउँछ, जन्माउँछ ।
यता वैदिक घरानकै घेराभित्रबाटै अर्को हाँगो टुसाएर तान्त्रिक, मत र मतावलम्बी जन्मे, हुर्के, छ्याप्छ्याप्टिए । तान्त्रिक मत मतावलम्बी तन्त्र साधना मन्त्र फुकुवा रहे, बने । उनीहरू पनि प्राकृतिकभन्दा अलग र भिन्न कोटीका मन्त्र साधना गर्छन् । बलि विधान निर्माण गर्छन्, परिपालन गर्छन् । उनीहरू सबैजसो बलिविधिका विधान अनुसरण गर्छन् । बलिलाई प्र श्रय दिन्छन् । बलि एक अलग प्रथाका रूपमा मान्यत पाउँछ ।
हिन्दु सम्प्रदाय यसरी दुई भिन्न आमिष-निरामिष दुई कोटीमा विभक्त भए, रहेका छन् । बलिप्रथाका पालक र अनुयायी समूह बलिलाई सामान्य हत्या ठान्दैनन् । बलि मनलागी आवेग, आवेशमा आधारित कर्मक्रिया स्वीकारनन् । बलि विधान पशुत्वबाट मुक्तिदायक मोचनक्रिया मान्छन् । प्रत्येक बलि विधानका अनेकानेक प्रकरण र खुड्किला र क्रम भए, रहेका बहुबिध बिरुधवलि रहेका उल्लेख गर्छन् । तिनमा अनेक सिलसिलाबद्ध क्रम विन्यास गर्छन् । कर्माचार्य, गुरुवाचार्य वर्गका समूह यसका सकर्मी संवाहक बनेका छन् । उनीहरू बलि विधान गोपनीय मन्त्र विधा ठान्छन् अनि गोप्य राख्छन् ।
आगम पूजा र बलि विधि गोप्य र गोपनीय ठानिन्छ । आगमघर/कोठाभित्र गरिने दीक्षित पूजा नितान्त गोपनीय बनाइएर परिपालन गरिएका हुन्छन् । पूजाआजामा एकै वंश घराना-सन्तति; छोराछोरी र नातिनातिनाले पनि गोपनीय पूजाआजाको पूर्वार्ध अंशमा सहभागी बन्न पाउँदैनन् । उनीहरू अर्धअंशमा सहभागी बन्न त परै जाओस्, प्रवेशसम्म गर्न पाउन्नन् । यो कटु सत्यका भुक्तभोग आफ्नै अनुभूतिका बखान वरदान बनेको छ । यो अवस्था त्यस बखतसम्म विद्यमान रहन्छ जबसम्म दीक्षा प्राप्त गरिन्न । दीक्षा साधना र प्राप्ति सहज सुलभ बनेका छैनन् । साधना संस्कार सरल संरचना बनेका छैनन्-कठिन साध्य रहेका छन् ।
जे होस् बलि पूजाका पनि दुई स्पष्ट स्वरूप छन् । एक गोप्य, जो आगमन कोठाभित्र गरिन्छ । अर्को पीठपीठहरूमा गरिने खुला, छर्लंग विधिमा आधारित पीठ पूजा/दसैंका पूजा प्रायशः गोप्यता भंग नगरी मर्यादित रूपमा जमरा कोठाभित्र नै गरिन्छ । छाग बलि (बोका), हंश (हाँस) बलि गर्न तिनलाई सजीव अवस्थामै पानीले पखाल्ने विधि शुद्धि प्रक्रिया साथै अरू मोक्षदा पूजा विधि पूरा पालन हुनु, गर्नु अनिवार्य छन् । निवारण गर्नै नसकिने बन्देज बनाइएका छन्-अनिवार्य हुने नै भए ।
आजसम्म पनि तिनको परिचालन र परिपोषण हुँदै आएका छन् । यस प्रकारका संस्कार मण्डित संस्कृतिका परिचालन नेपाल राष्ट्रकै सुरक्षा निकायका सबै प्रकारका अंगहरूले पनि गरिरहेका छन् । ती क्रियाकलापहरू सबै देख्न र अनुभूत गर्न सकिने गरी कोटकोटहरूमा पूजा र बलिप्रथाहरू सम्पादन भई नै रहेका छन् । बलि चढाउने संस्कारका अन्तर्य सुरक्षाकर्मीहरूबीच सदासर्वदा युद्ध, आक्रमण, प्रतिकारात्मक गतिविधिमा संलग्न रही नै रहनुपर्ने जवानहरूमा अदम्य साहस जगाइराख्ने प्रोत्साही मनोविज्ञान भएको अनुभूति हुन्छ ।
'यत्र पुज्यन्ते नारी तत्र देवता रमन्ते' संस्कृत शुक्तिको अन्तर्य खुल्न थाल्छ । दसैं पर्व चाडको रूपमा भव्यताका साथ मान्नुको मर्म नारीलाई शक्ति केन्द्र/बिन्दु ठानी मानी आराधना गर्नु/पूजा गर्नु ठहर्छ । सादृश/प्रत्यक्ष देख्न र अनुभूत गर्न सकिने रहस्यमय दिव्य दर्शनभित्र लेसिएका मर्म नितान्त रूपले मर्मस्पर्शी छ ।
चाहे आगमघर-कोठाभित्र गोप्य तरिकाले गरिने बलि पूजाआजामा होस् वा खुल्लमखुला तवरले गरिने पूजाहरू होस्, वैदिक प्रकृतिप्रधान युगीन पक्षधर बलि प्रथाका स्वरूपहरू प्रत्यक्ष दर्शन गर्न पाइन्छ । कुभिण्डो, मूला, काँक्रो, हाँसका अन्डा र फलफूल अर्पण आदि वैदिक विधि विधानमा आधारित प्राकृत मार्ग हुन् । प्रकृतिप्रदत्त यी वस्तुतत्त्वहरूलाई रक्तबीच पदार्थ मानिन्नन् ।
यसरी विवेचना गर्दा बलिका दुई मार्ग अलगअलग फाँटका देखिए पनि दुई धारबीच सामञ्जस्यता कायम भए, गरिएका पनि प्रत्यक्ष अनुभूति हासिल गर्न सकिने अवस्था एकै बलि पूजाआजामा गर्न सकिने स्थिति छ । गोप्य आगममा गरिने र खुला पीठ, कोटहरूमा अर्पण गरिने बलिहरूमा जीव र कुभिण्डो, फलफूल आदि क्रमिक तवरले एकसाथ गरिएका छन् ।
जीव बलिमा बोका, हाँस, राँगा पर्छन् । प्राकृत वस्तुमा कुभिण्डो, मूला र फलफूल पर्दछ । यस प्रकारका अर्पणमा पुरश्चरणका रूपमा जल, गाईको दूध, घीउ, मह आदि आउँछन् । कुभिण्डो फल स्थान विशेषमा प्रतिष्ठापन गरेर संस्कार युक्त विधि परिपालना हुन्छ, गरिन्छ । त्यसपछि जीव बलि दिइन्छ । त्यसमा पनि क्रम निर्धारण गरिएका हुन्छन् । हंशबलि, छाग (बोका) बलि, महिष (राँगो) बलि क्रममा आउँछन् ।
तान्त्रिक विधि मुताविक गरिने बलि पूजामा दीक्षित वर्गले मोहिनी थापना गर्छन् । सर्वसाधारणले सामान्य तवरले मात्र मोहिनी थापन गरी सरल तरिकाले सम्पन्न गर्छन्, तान्त्रिक विधि परिपालन गर्दैनन् । मोहिनी थापना भन्नु तेलमा सलेदो मिलाएर पाला बाल्नु र सलेदोको बत्तीको ज्योति विधिवत् अर्को माताकै पालाले छोपेर पूजा अवधिभर जम्मा पार्नु हो । थापेर जमाएको ध्वाँसो अनेक आकृतिका रूप लिन्छन् । ती रूपाकृति विश्लेषण गरेर कार्य फलका भविष्य वाणी गर्छन्, के के भए शुभलक्षण, के के भए देखिए अशुभका खाका/हेक्का बने बनाइएका हुन्छन् । यी बलि पूजाका विविध प्रयोजनमध्येका केही सन्दर्भ हुन् ।