'सर्वस्वीकार्य बनाउन संविधान संशाेधन'

'सर्वस्वीकार्य बनाउन संविधान संशाेधन'

बर्दिबास:उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिमै स्थानीय निकायको निक्र्योल गरेर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

महोत्तरीको बर्दिबासमा प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘सुशासनको सन्दर्भमा सेवा प्रवाह र सुधार’ विषयक अन्तक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले सुशासनको आधारभूत जग नै स्थानीय निकाय भएकाले सरकार समयमै निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागेको बताएका हुन्।

अहिले संविधान कार्यान्वयनको पहिलो चरणमा संविधानलाई सर्वस्वीकार्य बनाउन मधेसवादी दलको असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको गृहकार्यमा सरकार लागिपरेको उनको भनाइ छ। यसका लागि प्रादेशिक सीमाङ्कन, भाषा, राष्ट्रिय सभाको गठन प्रक्रिया र अङ्गीकृत नागरिकताबारे संविधानमा थप स्पष्ट पार्न मधेसवादी दल र अन्य दलसँग गृहकार्य भइरहेको उपप्रधानमन्त्री निधिले बताए।

सुशासनको प्रत्याभूति र सेवा प्रवाहको क्षेत्रमा कर्मचारीतन्त्रभित्र सेवाभाव र अनुशासनको कमी भइरहेको आमगुनासोलाई चिर्न राष्ट्रसेवक कर्मचारीले तदारुकता अपनाउन आवश्यक रहेको निधिको जोड थियो। मधेसमा चुरे संरक्षण, सडक, सिँचाइ, स्वास्थ्य, सीमा क्षेत्रमा हुने डुबान र दैनिक प्रशासनिक कार्यमा सकारात्मक परिवर्तन दिन सकिएमात्र जनताले सुशासनको अनुभूति गर्नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा आयोजकका तर्फबाट उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले विधिको शासन, अर्थतन्त्रमा सुधार र सेवा प्रवाहमा जनताले अनुभूति गर्ने गरी तत्काल सुधारका काम अघि बढाउन आवश्यक रहेको औँल्याए।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अहिलेको सुरक्षा चुनौती र प्रहरी दायित्वबारे प्रकाश पारेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.