कृषि तथा जलस्रोत समितिको सभापतिको निर्वाचन १४ गते हुने

कृषि तथा जलस्रोत समितिको सभापतिको निर्वाचन १४ गते हुने

काठमाडौंः व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि आगामी १४ गते निर्वाचन हुने भएको छ। समितिका सभापति रहेका कांग्रेस सांसद गगन थापा स्वास्थ्य मन्त्री बनेपछि समिति सभापतिविहीन छ।

सोमबार सभामुख ओनसरी घर्ती मगर र प्रमुख दलका शीर्ष नेता तथा प्रमुख सचेतकसहित बसेको बैठकले जलस्रोत समितिको सभापति चयनका लागि असोज १४ निर्वाचन गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

समितिको सभापतिमा दलहरुबीच सहमति भए निर्वाचन हुनेछैन। यसअघि कांग्रेसले नै सो समितिको सभापति पाएकाले फेरि पनि कांग्रेसले नै पाउने लगभग निश्चित जस्तै छ।

तर, दलहरुबीच सहमति नभए असोज १४ गते नै निर्वाचन हुने शर्माले बताए। कृषि तथा जलस्रोत समितिको सभापतिका लागि कांग्रेसबाहेक कुनै पनि दलले दाबी गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.