नेपालमा लगानी गर्न जापानी नागरिकलाई कमल थापाको आग्रह
इवातेः राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानका लागानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेका छन्।
नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औं वर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने,‘अहिले नेपाल सुरक्षित छ, तपाईहरु ढुक्क भएर लगानी गर्न सक्नु हुन्छ।’
महाभूकम्पपछि जापानले तत्काल नेपाललाई गरेको भौतिक तथा आर्थिक सहयोगको चर्चा गर्दै उनले नेपालको आर्थिक विकास वर्षौदेखि जापानको महत्वपूर्ण भूमिका रहको उल्लेख गरे। जापानले महाभूकम्पपछि नेपाललाई पुर्याएको योगदानप्रति कृतज्ञता प्रकट गर्दै जापान सरकार र सम्पूर्ण जापानीजहरुलाई धन्यवाद दिएका थिए। उनले सदियौंदेखि नेपाल जापानबीच प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो भम्रणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास गरे।
उनले जापानमा पनि विभिन्न समयमा भुकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षतिप्रति आफूहरु पनि उत्तिकै चिन्तित रहेको बताउदै त्यो प्रभावित क्षेत्रमा पुगेर पुनर्निर्माण र विकासलाई हेर्ने र सिक्ने मौका यो भम्रणमा पाएको जानकारी दिए। उनले प्राकृतिक क्षतिपछि जापानले जति छिटो पुर्न निर्माण गर्न सफल हुन्छ त्यसरी हामीले नसके पनि विस्तारै पुर्ननिर्माणको कार्य अगाडी बढेको बताए।