स्थानीय निकाय पुनः संरचनाबारे तीन दलको सहमतिमा राप्रपा नेपालको आपत्ति

स्थानीय निकाय पुनः संरचनाबारे तीन दलको सहमतिमा राप्रपा नेपालको आपत्ति

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विगतका जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने जनाएको छ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर तीन दलबीच विगतको इलाका (९२७) लाई आधारमा बनाउनेबारे सहमति भएको भन्ने कुरा समाचारबाट थाहा भएको बताउँदै त्यस्तो सहमति भएको हो भने संविधानको उल्लङ्घन र प्रजातान्त्रिक मान्यताको उपहास हुने विचार व्यक्त गरे।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय निकायमा ५६५ को संख्या प्रस्ताव गरेको थियो।

उहाँले संविधान बमोजिम गठित स्थानीय निकायले पुनःसंरचना आयोगको कामलाई ओझेल पार्ने गरी तीन दलले एकाधिकारका आधारमा कुनै सहमति गरेमा मान्य नहुने जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.