मालाकोटबाट खाँडो जगाऊँ
हिमालयरूपी दुर्गममा जन्मेकी देवी दुर्गाको शक्तिमा टिकेको हिमवत्खण्डमाथि अहिले अन्तर्राष्ट्रिय चलखेलबाट विनाशकारी संकटले गाँजेको छ । यस्तो बेलामा खाने, पिउने, मोज गर्ने, रंगीविरंगी लत्ताकपडा प्रदर्शन गर्ने र बाजागाजा बजाएर नाच्ने, गाउने र सतही आनन्द लिने होइन । यो दसैंमा हिन्दू तथा समग्र ओमकार परिवारले आफ्नो धर्म, रीतिरिवाज, भेषभूषा, भाषा, संस्कृति र समग्र सभ्यताको रक्षाका लागि नेपाली माटोबाट लोकयुद्धकै तयारी गर्न विशेष जनजागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
तथाकथित विश्वविजेता घोषित तैमुरलंग भन्ने आतंककारीले अटोमन साम्राज्य भनिने आजको युरोपलाई दस वर्ष क्रूरतापूर्वक लुट्यो । त्यसपछि सन् १४०० बाट दिल्लीमाथि दुई वर्ष हत्या, लुट र बलात्कारको राज्य कायम गरे । जब सन् १४०२ मा उत्तरतिर नेपाल, तिब्बत, चीन, कोरिया, जापान, अस्टेलिया लगायतका देशहरू लुट्न लम्क्यो, त्यसको प्रतिरोधको तयारी नेपालले गर्यो । त्यति बेला अहिलेको नेपालको पश्चिमी भूखण्ड जुम्ला साम्राज्यको रूपमा थियो ।
त्यस साम्राज्यका अधिपति थिए, महाराज बलिराज शाही । बलिराजले समरकन्दको शासक तैमुरलङ पूर्वतिर युद्ध अभियानका लम्किनासाथ उनका चरहरूले बाज भन्ने पन्छीको सहायताले त्यस मानवताको शत्रुका गतिविधि अवलोकन गरिरहेका थिए । उनले आफ्नो राज्याभिषेकसँगै युद्धको तयारी सुरु गरेका थिए । उनलाई छिमेकी तिब्बत र चीनका सम्राट्हरूले विश्वका राजाहरूका राजा ग्याल्बो पेहारको अवतार मान्थे ।
दक्षिणतिर सबैले बलिराजलाई भगवान् दत्तात्रयका अवतार मानेर सम्मान गर्थे ।
द्वापर युगको क्रूर राक्षस राजा रावणभन्दा पनि खतरानाक तार्तार लुटेरा तैमुरलंगलाई रोक्न जुम्ला साम्राज्यका अधिपति बलिराज शाहीले मात्रै सक्ने सबैको ठहर थियो । बलिराज तिब्बत, चीन, जापानलगायतका बन्धु राष्ट्रहरूको राजकीय भ्रमण गरेर जुम्ला फर्किए । उनले विख्यात दानसाँघु भन्ने त्रिवेणीमा विशाल कोटीहोम गरे । त्यहाँ युद्धको तयारीमा सम्पूर्ण हिमालय खण्डका युवाहरूलाई भेला गरेर भैलो र द्यौसी खेल्दै आआफ्नो क्षेत्रमा गएर युद्धका लागि लडाकुहरू, हातहतियार, रसदपानी र जनपरिचालन गर्न खटाए । त्यसैले आज पनि हामी त्यसै आएका होइनौं, बलिराजले पठाएका... भन भन भाइ हो द्यौसिरे भनिरहेका हुन्छौं ।
बलिराजका बाबु महाराज उत्तिमराज शाहीलाई साउदीहरूले दुई लाख हिन्दू जनताका साथ उनको राज्य रावलपिण्डीमा मारेका थिए । युद्ध सुरु हुनु केही महिनाअघि बलिराजका दाइ अभयराज र रानी (आमा)लाई काराकोरमको भयावह हिमशृंखलाको मार्गबाट कैलाश पश्चिमको ज्ञानिमा मण्डीमा पठाइएको थियो ।
रानीपछि साउदीहरूबाट बच्न आफ्नो माइती ह्यात्से (सिँजा) नगएर राराको उत्तरतिरको पाखोमा लुकेर बसिन्, जहाँ जेठा राजकुमार अभयराज हुर्के र त्यहीँ कान्छा बलिराजको जन्म भयो । पालवंशी शाही राजाका सन्तती बलिराज जन्मेको र बसेको गाउँलाई कल्याल बसेको हुनाले कालै भनिन्छ ।
हाल मुगु जिल्लामा पर्ने कालै गाउँमा जन्मेका बलिराज आफ्ना मामा तथा सिँजा साम्राज्यका अन्तिम महाराज मोती मल्ल बझाङको बादेपीपलमा मारिएपछि उक्त साम्राज्यका गद्दिनसीन उत्तराधिकारी बनेका हुन् ।
बलिराजका जेठा दाइ अभयराजले बाजको खेती रोजेपछि बलिराजले राज्य पाए । यिनले सिँजा लामाथाडालाई श्रापित मानेर राज्य तिलानदीको किनारमा रहेको जुम्ला उपत्यकाको स्वर्णग्राममा राजधानी बनाएका थिए । त्यहीँबाट बलिराजले सन् १४०२ मा दिल्लीलाई दुई वर्ष बुटले कुल्चेर लाखौं मान्छे मारेर अर्बौं लुटेर उत्तरतिर युद्ध गर्दै हिँडेको तैमुरलंग युद्धपिपासुलाई पराजित गर्न लडाइँ परिचालन गरे । उनले पहिलो आक्रमण गर्ने समूहको नायक आफ्ना युवराज बत्सराज शाहीलाई बनाए ।
बत्सराज नेतृत्वको समूहसँग तैमुरलंगको भेट जुम्ला साम्राज्यको तत्कालीन पश्चिम दक्षिण सीमा हरिद्वारमा भयो । मैदानबाट आइरहेको तैमुरलंगको सेनामाथि जब पहाडबाट अचानक ढुंगामुढा बर्सियो, शत्रुहरू भागाभाग गरिरहेका बेला युवराज बत्सराज शाहीले तैमुरलंगलाई लखेट्ने मौका पाए । तैमुरलंग पश्चिमतिर भाग्यो । झन्डै तीन कोश पर देहरादुन नजिकको मोहनदर्रामा विश्वविजेता भनिएको तैमुरको टाउकोलाई वत्सराजको भुजेलीले गिँड्यो । बत्सराजको यस विजयबाट विश्वमाथि जुम्ला अर्थात् नेपालको अधीनता कायम भयो ।
जुम्ला साम्राज्यका अधिपति बलिराज शाही विश्वका पाँचै महाद्वीपका मालिक बने । श्री ५ महाराजाधिराज भनिए । यसैबाट नेपाल आज पनि विश्वव्यापी अधीनता भएको देश मानिन्छ । आज बेलायतकी महारानी झन्डै २८० देशकी रानी मानिन्छन् । हिन्दुस्तान, क्यानडा, अस्ट्रेलिया आदि देश बेलायतको अधीनतामा छन् ।
बेलायत सन् १६४९ मा गणतन्त्र घोषणा गरियो । तर, १६६० मा राजतन्त्र फिर्ता गरियो । किनकि राजाबिना विश्वव्यापी अधीनता कायम गर्न सकिन्न थियो । मैले नेपाल हिन्दूस्तान र युनाइटेड अरब एमिरेट्समा आयोजित विभिन्न सभामा नेपालमा गणतन्त्र होइन राजतन्त्र चाहिन्छ भनी बोल्दै आएको छु । म साम्यवादी विचार मान्ने गणतन्त्रवादी सोचको व्यक्ति भए पनि मेरो सोचविचार र पार्टीभन्दा ठूलो राष्ट्र हो ।
राष्ट्रको अन्तर्राष्ट्रिय प्रभावको गरिमालाई हटाउने कामको समर्थन गर्न सकिन्न । पुर्खाको रगत र बलिदानबाट नेपालले विश्वव्यापी अधीनता कायम गरेको हो ।
आज बेलायतको युनियन ज्याक भनिने झन्डा र नेपालको सूर्यचन्द्रअंकित तीनकुने झन्डा बराबर फहराउँछन् । हिन्दूस्तानलगायत कमनवेल्थ भनिने देशहरूका झन्डा त्यसभन्दा तल हुन्छन् । कुनै देश सार्वभौमसत्ता सम्पन्न मात्र हुन्छन् तर नेपाल र बेलायत सार्वभौमसत्ता सम्पन्न देशमात्र होइनन्, विश्वव्यापी अधीनता (सुजेरेन) भएका राष्ट्र हुन् ।
नेपालमा राजतन्त्र हटाउने हो भने यो देश अन्तर्राष्ट्रिय मान्यताअनुसार हिन्दूस्तान, पाकिस्तान, क्यानडाजस्तै सार्वभौम देशमात्र बन्छ । बेलायतमा ११ वर्षमै चेत खुलेको थियो । नेपालमा अब एकदुई वर्षमा चेत खुल्यो भने सूर्यवंशी हिन्दूसम्राट्को विश्वव्यापी अधीनता भएको महाशक्ति राष्ट्रसरहको स्थान प्राप्त गर्नेछ ।
ब्रह्माण्डका एक हजार आठ तारा, ग्रहका अधिपति देवादिदेव महादेव पनि नेपालकै हुन् । उनले आफ्नो राज्य खसबहादुरलाई दिए, जसको नाम देवराज इन्द्र राखे । स्वर्गका राजा इन्द्र र पृथ्वीका राजा मष्टो भन्ने उखानै छ । मष्टो नेपालका हुन् र उनी विश्वका अधिपति हुन् । देवताबाट विश्वको राज्य मानवमा आयो ।
प्रथम मानव शासक तथा सप्तदीपका अधिपति महाराज मनु नेपालकै मान्म भन्ने ठाउँबाट विश्वमा राज्य गर्थे । त्यहाँको खाँडाचक्रमा रहेको चौके ढुंगामा बसेर उनले विश्वको पहिलो संविधान मनुस्मृति संसारलाई दिए । मनु कर्णाली नदीको किनारमा जन्मेका थिए । कर्णाली नदीको वैदिक नाम सिन्धु थियो । त्यसैबाट हिन्दू, इन्दू, सिन्ताओ, सिन्तो आदि धर्म बने । यही पूर्वीय सभ्यताको आदि स्वरूप हो ।
आज मनु सूर्यवंशी मानिन्छन् । वैदिक कालमा सिन्धु भनिने कर्णालीलाई घाग्रा र पछि सर्जु वा सूर्य नदी भनियो । यस नदी किनारका बासिन्दा सूर्यवंशी भनिए । उनीहरूले अपनाएको सूर्य पूजक परम्परा एसिया अफ्रिकामात्र होइन सम्पूर्ण युरोप र अमेरिकामा विस्तार भयो ।
मनुदेखि आजसम्मका नेपालका राजाहरू सूर्यवंशी नै हुने गर्छन् । नेपालको अन्तर्राष्ट्रिय दायित्व र प्रभाव कायम राख्नका लागि राजतन्त्र हटाउने निर्णय नेपाली जनताले गर्न मिल्दैन । नेपाल देश नै पृथ्वीको नक्साबाट हटाउने चालबाजी होइन भने राजतन्त्र अविलम्ब पुनर्बहाल गर्नैपर्छ ।
यसपालि दुर्गापूजा अथवा विजया दशमीले त्यति बेलामात्रै पूर्णता प्राप्त गर्नेछ, जतिबेला हामीले नेपालमा राजतन्त्र पुनर्बहाली गर्नेछौं । मष्टो परम्पराअनुसार इन्द्रका छोरा जयन्त नै मष्टोदेवता हुन् । उनकी १६ बहिनी दुर्गा मानिन्छन् । दुर्गाले भाइ मष्टोलाई पृथ्वीको राज्य प्रदान गरेको र राक्षसहरूबाट बचाएको उपलक्ष्यमा नै विजया दशमी मनाइन्छ ।
काठमाडौंमा कुमारी अर्थात् दुर्गाले आफ्नो राज्य जुजुहरूलाई दिएको मानिन्छ । हाम्रा धर्मसंस्कारहरूमा पृथ्वीपति मष्टो कुलायन वा राजाको सम्मानबिना कुनै पूजा सम्पन्न हुन सक्दैन । भोटमा मण्डलाका अधिपति ग्याल्वो पेहारलाई भाग नलगाए पूजा पूर्ण मानिन्न ।
स्यामुयल हटिङ्टन र फ्रान्सिस फुकियामाजस्ता विद्वान्हरूले विश्वको वर्तमान द्वन्द्व सभ्यताको लडाइँको रूपमा प्रस्तुत गरेका छन् । प्रेतको पूजा गर्नेहरू र देवता मान्नेहरूबीच जीवनमरणको संघर्ष सुरु भएको कुरा महामहिम चिनियाँ राष्ट्रपति सिजिङ पिङले समेत बोल्दै आजको लडाइँ ण्सभ्यताका बीच भएको मान्दै अब पूर्वले पश्चिममाथि विजय प्राप्त गर्ने सार्वजनिक उद्घोष गरेका छन् ।
पश्चिमाहरूको प्रोजेक्ट ‘जोसुवा टु’को डलर खाएर नेपाललाई धर्मनिरपेक्ष बनाउँदै हाम्रो मौलिक सभ्यता र संस्कृति मासी जगत् ज्येष्ठ हिन्दू सिन्ताओ सिन्तो धर्म संस्कृतिलाई ध्वंश गर्न खोज्नेहरूविरुद्ध फेरि तैमुरलंगका प्रेतहरू सफाया गर्न दुर्गा र मष्टो जगाउनुपर्छ ।
पश्चिमाहरूको प्रोजेक्ट ‘जोसुवा टु’को डलर खाएर नेपाललाई धर्मनिरपेक्ष बनाउँदै हाम्रो मौलिक सभ्यता, संस्कृति मास्ने र जगत् ज्येष्ठ हिन्दू सिन्ताओ सिन्तो धर्म संस्कृतिलाई ध्वंश गर्न खोज्नेहरूविरुद्ध, फेरि तैमुरलंगका प्रेतहरू सफाया गर्न दुर्गा र मष्टो जगाउनुपर्छ । अन्यथा हामीले भावी सन्ततीलाई नेपाली माटोको लालपुर्जा दिन सक्नेछैनौं । देशभित्रै शरणार्थी भएर परचक्रीहरूको दास हुन जानेछौं ।
त्यस्तो अवस्था नआएको र पुर्खाले स्वाधीन राखेको पवित्र माटोलाई बचाउन यसपटक खुँडा, खुकुरी, तरबार, भुजेली चम्काउन सकौं । कमाराहरूको राज्यले बन्द गरेको महादेवको दरबार मौलकोटबाट खाँडो जगाएर राष्ट्रको आत्मालाई ज्वाज्वल्यमान पारौं !