कैलाश विकास बैंकले मनायो वार्षिकोत्सव

कैलाश विकास बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं: कैलाश विकास बैंक शुक्रबारबाट २४औं वगर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका तथा बाहिरका शाखामा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । बैंकले शुक्रबार काठमाडौंको न्युरोड विशालबजार शाखामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र गिरीले गरेका थिए । रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरी रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बिहीबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–१७ सीतापाइलास्थित वृद्धा श्रमलाई सहयोगस्वरूप २५ हजार हस्तान्तरण गरेको छ ।

यसैगरी काठमाडौंमा रहेका शाखाको सहभागितामा रविभवनस्थित आमाघर वृद्धा श्रममा रहेका ४० जनालाई खाना खुवाएको बैंकले जनाएको छ । यसै अवसरमा पोखरा १० रामघाटस्थित श्रमिक परिवारका बालबालिका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बैंकले शनिबार पोखरामा फिर्के–बुलौदी सरसफाइ अभियानमा सहभागितासहित ऐक्यबद्धता पनि जनायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.