संविधान संशोधन गर्न छठसम्मको म्याद

संविधान संशोधन गर्न छठसम्मको म्याद

काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म आफ्ना माग पूरा नभए सशक्त मधेस आन्दोलनको चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक भेटमा मोर्चाका नेताहरूले आन्दोलनले सरकारको समीकरणमै परिवर्तन ल्याउने चेतावनी पनि दिएका छन् ।

मोर्चाका नेताहरूले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँगका औपचारिक/अनौपचारिक बैठकमा साउन १९ मा भएको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रस्ताव सरकारले दर्ता नगरेको भन्दै आक्रोश पोखेका थिए ।

मोर्चाका नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बेलायतमा रहेकाले संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा निर्णय गर्न नसकिएको तर्क सत्ता पक्षको छ भने मधेसी नेताहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री दाहालको निर्देशनअनुसार काम नगरेको आरोप लगाएका छन् ।

आफूहरूसँगको पटकपटकको बैठकमा प्रधानमन्त्री दाहालले दसैंअघि संशोधन प्रस्ताव दर्ता गर्न निधिलाई निर्देशन दिए पनि उनले दाहालको निर्देशन पालना नगरेको गुनासो मधेसी नेताको छ ।

दसैंसम्म संविधान संशोधन नभए मधेस केन्द्रित दलको भाबी रणनीति के हुने भनी सोधिएको प्रश्नमा मोर्चाका नेताहरूले भने, 'छठसम्म हेरौं, छठ पछि देखाइदिन्छौं ।'

'अबको आन्दोलनको स्वरूप नाकाबन्दी होइन । त्योभन्दा माथिल्लो स्तरको हुनेछ', मोर्चाका नेताहरूले भने ।
एकजना वरिष्ठ मन्त्रीले भने, 'फोरम अध्यक्ष यादव स्वदेश आउनासाथ संविधान संशोधन हुन्छ ।'

तराईमधेस सद्भावना पार्टीका नेता रामनरेश रायले संशोधनका नाममा आफूहरूलाई सत्ता पक्षले खेलाउन खोजको आरोप लगाए । उनले भने, 'हामी छठसम्म धैर्य गर्छौं । त्यसपछि नाकाबन्दी भन्दा कडा आन्दोलन हुनेछ । आन्दोलनले सत्ता समीकरणसमेत परिवर्तन हुन सक्छ ।'

सद्भावना पार्टीका महामन्त्री मनीषकुमार सुमनले संविधान संशोधन नर्दा मोर्चासँग तीनबुँदे सहमति गर्ने सत्तालाई नै घाटा हुने बताउँछन् ।


तमलोपा र सद्भावना चाँडै एकीकरण

तराईमधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टी एकीकरण गर्न सैद्धान्तिक सहमति भएको छ । सैद्धान्तिक सहमतिलाई कार्यान्वयन गर्न तमलोपाका उपाध्यक्ष वृषेशचन्द्रलाल कर्ण र सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण रहेको विशेष कार्यदल गठन गरिएको छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोबीच भएको सहमतिअनुसार उनीहरूका कर्णद्वयले केन्द्रदेखि इलाकासम्मको एकताका लागि खाका तयार गरेका छन् ।

एकीकरणका लागि माओवादी केन्द्रको नीति अख्तियार गर्र्दै जो जहाँ छ, त्यही राख्न आआफ्नो पार्टीमा प्रस्ताव राखेका छन् । 'छठलाई केन्द्र बिन्दु बनाएर एकता प्रयास भएको छ', ती नेताले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.