वान प्लस थ्री स्मार्टफोन बजारमा

वान प्लस थ्री स्मार्टफोन बजारमा

काठमाडौं: पछिल्ला वर्षमा वान प्लस विश्वव्यापी रूपमा चर्चित ब्रान्ड बन्न सफल भएको छ । कम्पनीले ल्याउने विशेष उत्पादन अरूभन्दा फरकका साथै आकर्षक डिजाइनका हुन्छन् । कम्पनीले पछिल्लो पटक २०१६ को उत्कृष्ट फोन वान प्लस थ्री बजारमा ल्याएको छ ।

वान प्लसले पहिलो पटक वान प्लस वान सार्वजनिक गरेको थियो भने त्यसपछि वान प्लस टु र अहिले कम्पनीले सबैभन्दा उत्कृष्ट र विशेष स्मार्टफोन वान प्लस थ्री लिएर बजारमा आएको हो । वान प्लस थ्री २०१६ को उत्कृष्ट फोनमध्ये एक हो । वान प्लसले २०१६ मा पहिलो स्थानमा आउन सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कम्पनीले आफ्ना मूल्यवान् ग्राहक, प्रविधि लेखक तथा विश्लेषकबाट आफ्ना उत्पादनबारे बारे मूल्यवान् र महत्र्वपूर्ण सुझाव तथा सम्मान प्राप्त गरेको छ । वान प्लस थ्री स्मार्टफोन विशेष डिजाइन, आकर्षक लुक्स, युनिक फिचर, सूपथ मूल्यका साथमा ग्राहकको आवश्यकता पूरा गर्ने फोन भएको कम्पनीको दाबी छ । वान प्लस थ्री उच्च गुणस्तरको प्रविधियुक्त तथा विशिष्ट डिजाइनसहित किन्न सकिने मूल्यमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.