सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा स्थानान्तरण

सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा स्थानान्तरण

काठमाडौं: सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको काठमाडौं तीनकुनेस्थित शाखा कार्यालय ललितपुर उपमहानगरपालिका ३५ कुमारीपाटीमा स्थानान्तरण भएको छ । स्थानान्तरित शाखाको उद्घाटन नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका छन् ।

एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसँग मर्जरपश्चात् साबिक नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय भएको सुविधानगर शाखा कुमारीपाटीमा स्थानान्तरण भएको हो । बैंकका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको समारोहमा बैंकका डेपुटी गभर्नर सिवाकोटीले नेपाल राष्ट्रबैंक, बैंक तथा वित्तीय संस्थाको गुणात्मक वृद्धि तथा वित्तीय पहुँच विस्तार तथा वित्तीय स्थायित्व कायम गर्न केन्द्रित रहेको बताउँदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्रबैंकले तोकेकै समय सीमाभित्र चुक्ता पुँजी पुर्‌याउन आग्रह गरे ।

उनले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सुशासनमा ध्यान पुर्‌याउन र गाउँ केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्न आग्रहसमेत गरे । बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप, १० अर्ब ५८ करोड कर्जा तथा चुक्ता पुँजी एक अर्ब १४ करोड रहेको छ । असार मसान्तसम्म ३३ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको बैंकले आफ्ना सेयरधनीलाई २४ बोनस सेयर प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.