राज्य पुनर्संरचनाको आधार इलाकालार्इ नै बनाउने समझदारी

राज्य पुनर्संरचनाको आधार इलाकालार्इ नै बनाउने समझदारी

काठमाडौं: सरकार, विपक्षी दल र स्थानीय तह पुनर्संरचना आयोगबीच स्थानीय तहमा इलाकालाई मुख्य आधार मान्ने समझदारी भएको छ । तीन पक्षबीच सोमबार भएको बैठकमा इलाकालाई आधार बनाएर अगाडि बढ्ने तीन दलबीच सहमति भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए । 'इलाकालाई मुख्य आधार मान्ने समझदारी भएको छ । आयोगका पदाधिकारीले राजनीतिक दलबाट सैद्धान्तिक सहमति दिन ढिलो गरिएको टिप्पणी गरेका थिए', देउवाले भने ।

राजनीतिक दलहरूले सैद्धान्तिक सहमति दिन ढिलाइ गरेको भन्दै आयोगले कात्तिकभित्र प्रतिवेदन बुझाउन नसक्ने जनाउ दिएको छ । सत्ता र विपक्षी दलहरूले भने कात्तिकभित्रै प्रतिवेदन पेस गर्न आयोगसमक्ष आग्रह गरेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्ट आयोगले दलहरूको आग्रहको स्पष्ट जबाफ दिन नसकेकाले कात्तिकमै प्रतिवेदन बुझाउन नसक्ने देखिएको हो ।

'इलाकालाई पनि आधार बनाउने गरी मापदण्ड थपियो । कतिपय विषय समायोजन गर्न समय लाग्ने भएकाले प्रतिवेदन बुझाउने समयबारे अहिले नै भन्न सक्दिनँ । हामी आयोगमा छलफल गर्छौं', दलहरूसँग सोमबार भएको बैठकपछि आयोग अध्यक्ष बालानन्द पौडेलले पत्रकारहरूसँग भने, 'कात्तिक मसान्तसम्म भए पनि प्रतिवेदन प्राप्त भए हुन्थ्यो भन्ने उहाँहरूको धारणा थियो । काम एउटा तहमा पुर्‌याइसकेपछि मापदण्ड थपियो । यसले केही समस्या त ल्यायो ।'

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरूले जिल्ला विकास समितिका इलाकालाई आधार बनाएर स्थानीय तह पुनर्संरचना गराउन तयार पारिएको दाबी गरेका छन् । आगामी चैतमा स्थानीय निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका दलहरूले इलाकालाई पनि आधार बनाएर स्थानीय तहको संरचना गरी कात्तिकभित्र प्रतिवेदन बुझाउन आयोगसमक्ष आग्रह गरेका हुन् ।

दलहरूबीच भएको सहमतिका आधारमा सरकारले आयोगलाई दिएको नयाँ मापदण्डमाथि आयोगका पदाधिकारी अस्पष्ट भएपछि उनीहरूलाई प्रस्ट पार्न प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीका प्रतिनिधिका रूपमा एमाले उपाध्यक्ष भीम रावल, स्थानीय विकासमन्त्री हितराज पाण्डे र आयोगका अध्यक्ष पौडेलको समान धारणा बनाउने प्रयास गरेका हुन् ।

'आयोगलाई मापदण्डको प्रस्टताबारे छलफल थियो । पहिलाका मापदण्ड यथावत् छन् । त्यसमा इलाकालाई आधार मान्ने पनि एउटा मापदण्ड हो । संख्या र सिमानाका बारेमा सरकारका तर्फबाट कुनै निर्देशित गर्ने हिसाबले मापदण्ड राखिएको होइन भन्ने प्रस्ट भयो । द्वैध अर्थ राख्ने शब्दलाई प्रस्ट पार्ने र आयोगले आफ्नो काम पूरा गरेर निर्वाचनका लागि सहयोग गर्न सरकारले अनुरोध गरेको छ', अध्यक्ष पौडेलले भने । दलहरूले कात्तिकभित्र प्रतिवेदन बुझाउन आग्रह गरे पनि आयोगका अध्यक्ष पौडेलले त्यसबारे प्रस्ट धारणा बैठकमा राख्न सकेनन् ।

एमाले उपाध्यक्ष रावलले आयोग, दल र सरकारबीच रहेको अन्योल हटाउने प्रयास भएको बताए । रावलका अनुसार आयोगले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने र स्थानीय निर्वाचन छिटै हुने गरी काम अगाडि बढाउने समझदारी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.