हान अध्यक्षमा शाक्य

हान अध्यक्षमा शाक्य

काठमाडौं: होटल संघ नेपाल (हान) को अध्यक्षमा अमरमान शाक्य चयन भएका छन् । राजधानीमा सम्पन्न हानको ४५औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिका पदाधिकारीमा निवर्तमान अध्यक्ष बीके श्रेष्ठ, प्रथम उपाध्यक्षमा सिर्जना राणा, द्वितीय उपाध्यक्षमा विनोदशंकर श्रेष्ठ, महासचिवमा विनायक शाह, कोषाध्यक्षमा सुनील शाक्य चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा दिनेश बिष्ट, प्रवीणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुरप्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सीपी श्रेष्ठ र असित राणा चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटनसँग सम्बन्धित सबै संघसंस्थासँगको सहकार्यमा प्रभावकारी योजना तर्जुमा गरेर अगाडि बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.