फियाट पुन्टो प्युअर नारायणघाटमा

फियाट पुन्टो प्युअर नारायणघाटमा

काठमाडौं: फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचब्याक पुन्टो प्युअरलाई नारायणघाटमा सार्वजनिक गरेको छ । थुप्रै 'बेस्ट-इन-क्लास' सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने कम्पनी जनाएको छ ।

आकर्षक विशेषता भएको इन्ट्री-लेभल ह्याचब्याक कारको रूपमा रहेको यो गाडी बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स र प्रिमियम डिजाइनका कारण काठमाडौंको बजारमा धेरै रुचाइएको छ । पुन्टो प्युअरमा चार सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस ऊर्जा र २५ सय आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ ।

पुन्टो प्युअर 'एक्जोटिक रेड', 'हिपहप ब्ल्याक' र 'ह्वाइट' गरी तीन रङमा उपलब्ध छ । पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले सार्वजनिक गरेका हुन् । गाडीमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालियन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिने कम्पनीले जनाएको छ ।

पुन्टो प्युअरमा 'फलो मि हेडल्याम्प' छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्छ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ । पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लियरेन्स एक सय ९५ मिलिमिटर छ जुन यो क्लासकै सबैभन्दा बढी रहेको कम्पनीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.