सांसदहरुको गुनासोः दशैंमा घर फर्किने यात्रुलाई सरकारले सुविधा दिएन

सांसदहरुको गुनासोः दशैंमा घर फर्किने यात्रुलाई सरकारले सुविधा दिएन

काठमाडौंः सांसदहरुले सरकारले दशैंमा घर फर्किने सर्वसाधारणलाई सुविधा नदिएको गुनासो गरेका छन्।

मंगलबार व्यवस्थापिका–संसद्को बैठकमा बोल्दै सांसदहरुले दशैंमा घर फर्किने सर्वसाधारणहरुले निकै दुःख पाएको भन्दै सरकारले प्रयाप्त यातायातका साधनको व्यवस्था नगरेकोप्रति आपत्ति जनाएका हुन्।

संसद बैठकमा बोल्दै सांसद भरतकुमार शाहले दशैं–तिहारजस्ता चाडबाडमा यातायातामा सिन्डिकेट प्रणाली अझै कायम रहेकाले सर्वसाधारणले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले गाडी मालिकहरुको सिन्डिकेटका कारण घर फर्किने सर्वसाधारणलाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको आरोप लगाए।

यस्तै सांसद योगेन्द्र तामाङले सरकारले यात्रुलाई सुविधा नदिएको गुनासो गरे। उनले दुर्घटना बढेको तथा तोकिएको भन्दा बढी भाडा असुल गर्दा समेत प्रशासन मूकदर्शक बनेको आरोप लगाए।

उनले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.