द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ मोडमाः भारतीय राजदूत

द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ मोडमाः भारतीय राजदूत

काठमाडौंः नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारे। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘पछिल्ला उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, अहिले भैरहेका द्धिपक्षीय भ्रमण केवल शिष्टाचारको लागि मात्रै होईनन, यो त ठूलो उपलब्धि हो।’

उनले पछिल्लो समय भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गरेको र नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गरेको उल्लेख गर्दै थपे,‘सायद यस्तो प्रकारको उच्चस्तीय भ्रमण विश्वमै कहीँपनि भएको छैन।’

रायले भने,‘तिहारको भाइटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने, हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको छ, यी सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँछ, दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ।’

पछिल्लो समय भारतको उरीमा भएको आतंकवादी हमलाको निन्दा गर्दै उनले भने,‘उरी हमलामा हाम्रा सैनिक जवानहरु मारिए, यो विषयलाई लिएर हाम्रो प्रधानमन्त्रीले पनि भन्नुएको छ कि, बम्बको आवाजमा वातचितको आवाज उझलिन्छ, त्यसैले विकास र समृद्धिको लागि एउटा राम्रो वातावरण बनाउनुपर्छ जसले मद्दत गर्न सकोस्।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.