ओभरटेक गर्दा तीब्र गतिको बस पल्टियोः ५० यात्रु घाइते
दमौलीः तनहुँमा बस पल्टिँदा ५० बढी यात्रु घाइते भएका छन् । तनहुँको डुम्रे बजारबाट दमौलीतर्फ आइरहेको बस दमौली घाँसीकुवा सडक खण्डमा पल्टिँदा ५० यात्रु घाइते भएको नतहुँ ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र थापाले जानकारी दिए।
ग १ ख ४१५३ नम्बरको बस बिहीबार दिउँसो तनहुँको व्यास १ अम्रेनीमा पल्टिएको हो । ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बसमा करिब ६० यात्रु सवार थिए ।
सामान्य घाइते यात्रुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइराखेको छ भने गम्भीर घाइते चार जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।