इलाममा दुर्घटनाः पाँचथरका एलडिओसहित ६ जना घाइते

इलाममा दुर्घटनाः पाँचथरका एलडिओसहित ६ जना घाइते

इलामः पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलासहित कर्मचारी चढेको जिल्ला विकास समिति पाँचथरको गाडी दुर्घटना भएको छ । मेची राजमार्ग अन्तरगत पाँचथर इलाम सडक खण्डको पुवाखोलामा दुर्घट्ना हुँदा धमलासहित ६ जना घाइते भएका छन् ।

जिविस पाँचथरको मे १ ज ३७३ नम्बरको गाडी बिहीबार बिहान इलामको पुवाखोला नजिकै मिलगोलाई भन्ने स्थानमा सडकबाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा परेका धमलाको हात भाँचिएको छ । गाडीमा सवार जिल्ला प्राविधिक कार्यालय पाँचथरकी सह लेखापाल कौसिला दाहालको खुट्टा र जिल्ला मालपोत कार्यालय पाँचथरका कर्मचारी बिनोद ढुंगेलको ढाडमा चोट लागेको छ ।

जिविस पाँचथरका कार्यालय सहयोगी विजय कार्की र चालक बीरबहादुर तामाङका छोरा पनि घाइते छन् ।उनीहरुलाई उपचारका लागि इलाम अस्पतालमा पुर्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.