ट्रिपरले ठक्कर दिँदा नारायणमान बिजुक्छेकी भाइबुहारीको ज्यान गयो

ट्रिपरले ठक्कर दिँदा नारायणमान बिजुक्छेकी भाइबुहारीको ज्यान गयो

भक्तपुरः काठमाडौं ६ लेन सडकको मध्यपुर थिमी नपा १६ लोकन्थलीमा ट्रिपरले ठक्कर दिँदा बिहीबार दिउँसो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी भाइबुहारीको ज्यान गएको छ ।

काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा ४ ख ३०२० नम्बरको ट्रिपरले आफूभन्दा अघि गुडिरहेको बा ३४ प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी उनको ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार ट्रिपरको ठक्करलगत्तै लडेकी भक्तपुर नपा ५ देकोचा बस्ने वर्ष ४९ की इन्दिरा बिजुक्छेको घटनास्थलमै ज्यान गएको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले ठक्करबाट मोटरसाइकल चालक एवं मृतकका श्रीमान ५५ वर्षीय राजामान बिजुक्छे घाइते भएको जानकारी दिए ।

उनका अनुसार घाइते मोटरसाइकल चालक राजामान र मृतक इन्दिरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी आफ्नै भाइ र भाइबुहारी हुन् ।

ठक्करबाट इन्दिराको ज्यान गएपछि ट्रिपरका चालक भने फरार भएका थिए । सडकमै ट्रिपर छाडेर चालक भागेपछि आक्रोशित स्थानीय बासिन्दाले त्यसमा तोडफोड गरेका थिए । त्यसलगत्तै प्रहरीले ट्रिपरलाई ठिमी वृत्त ल्याएको छ ।

प्रनाउ ओलियाका अनुसार दुर्घटनामा परी ज्यान गएकी इन्दिराको शव मध्यपुर थिमिको गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएको थियो । शवको सल्यपरीक्षणको लागि नागरिकबाट काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रनाउ ओलियाले जानकारी दिए ।

त्यस्तै घाइते मोटरसाइकल चालक राजामानको स्थानीय मेडिकलपछि नागरिक अस्पतालमा उपचार गरिएको थियो ।

दुर्घटना गरी फरार ट्रिपरका चालकलाई महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएको छ । रामेछाप जिल्ला मन्थली नपा ९ घर भई हाल काभ्रे भकुन्डेवेशी बस्दै आएका २५ वर्षीय शिवबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर ठिमी वृत्त ल्याएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ठिमी वृत्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.