विश्वमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रहः नेपालको समृद्धिमा सघाउनुहोस्

विश्वमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रहः नेपालको समृद्धिमा सघाउनुहोस्

काठमाडौँ: परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन् ।

शनिबार थाइल्यान्डको राजधानी बैंककमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ ( एनआरएनए) थाइल्याण्ड र एआइटी नेपाली समाज थाइल्याण्डद्वारा आयोजित बडादशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले जुन देशमा रहेको भएपनि आफूलाई त्यो स्थानमा पुर्याउन आफ्नो मातृभूमिको योगदान र लगानी रहेकोतर्फ सोचेर आफ्नो भूमिका लागि केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्न उनले विश्वमा रहेका नेपालीलाई आग्रह गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डा महत एसिया कोअपरेशन डाइलग (एसिडी)को दोस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै शुक्रबार बैंकक पुगेका हुन् ।

बैंककमा रहेका नेपालीहरुको ठूलो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले संसारमा रहेका नेपालीहरुले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको धारणा राखे ।

नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अब अघि बढ्न लागेको बताउँदै मन्त्री डा महतले यो अभियानमा विश्व समुदायको सहयोग र सद्भाव रहेको र त्यसमा संसारमा रहेका नेपालीको पनि आ—आफ्नो ठाउँबाट सक्रिय सहयोग आवश्यक रहेको बताए ।

संविधानमा देखिएका कतिपय असन्तुष्टिहरुलाई सम्बोधनको प्रक्रिया नेपालले सुरु गरिसकेको जानकारी दिँदै मन्त्री डा महतले आगामी दिनमा राष्ट्रिय सहमति र सहकार्यका साथ अघि बढ्ने वातावरण सरकारले निर्माण गर्ने धारणा राखे।

कार्यक्रममा एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्र प्रसाद ढकालले थाइल्याण्डमा रहेका नेपाली समुदायका तर्फबाट शुभकामना व्यक्त गरे ।

मन्त्री डा महतले शनिबार साँझ एसिडी सम्मेलनमा सहभागिताका लागि त्यहाँ गएका उक्त मञ्चका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको रात्रिभोजसहितको बैठकलाई सम्बोधन गर्दै छन् ।

उनले उक्त एसिडी सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेताका हैसियतमा सोमबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका विभिन्न सत्रहरु आइतबारदेखि सुरु हुँदैछन् ।

उक्त मञ्चमा एसियाका ३४ देश सदस्य छन् । बैंककमा सुरु हुन लागेको यो सम्मेलन दोस्रो हो । यसअघि यसको पहिलो सम्मेलन सन् २०१२ मा कुबेतमा भएको थियो ।

उक्त सम्मेलनमा एसियाका ३४ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीहरुको सहभागिता रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.