मकवानपुरमा बस जुद्धा एक सय बढी घाइते
काठमाडौँ: मकवानपुरको मनहरीमा बस जुद्धा एक सय बढी यात्रु घाइते भएका छन् ।
आइतबार बिहान ४:३० बजे काठमाडौँबाट सर्लाही जाँदै गरेको ना ५ ख ४०९६ नम्बरको बस र विराटनगरबाट नेपालगञ्जका लागि गुडेको ना ४ ख ४३४३ नम्बरको बस जुद्धा एक सय बढी यात्रु घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर प्रहरीका असइ सुरेश थापाका अनुसार घाइते मध्ये ७० जनाको मनहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइराखेको छ भने २४ जनाको मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ । अन्य १७ जना सामान्य घाइते भएको थापाले जानकारी दिए ।
अधिकांश घाइतेको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । तिब्र गतिका बस नियन्त्रण हुन नसक्दा घुम्तीमा दुर्घटना भएको अनुमान प्रहरीको छ ।