प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

पर्साः पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ ।

वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भई आउँदै गरेका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए ।

मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताए ।

फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ । प्रहरीको जवाबी कारबाहीमा मृत्यु भएका युवक भारतीय हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । पर्वको बेला वीरगन्जमा आपराधिक घटना घटाउन आएको प्रहरीले शङ्का गरेको छ ।

आधिकारिक रुपमा नबताइए पनि मृतक भारत विहारको रक्सौल निवासी दिसाद आलम रहेको प्रहरी स्रोतले दाबी गरेको छ ।

वीरगन्जका चर्चित व्यापारी सुरेश केडियाको केही महिना अगाडि भएको अपहरणमा पनि संलग्न रहेको र प्रहरीको खोजी सूचीमा समेत रहेका आलमको भिडन्तको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली पनि बरामद गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.