सशस्त्र प्रहरी बलको निशान तथा मौलो पूजा सम्पन्न

सशस्त्र प्रहरी बलको निशान तथा मौलो पूजा सम्पन्न

काठमाडौंः वडादसैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरी बलको निशान तथा मौलो पूजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विशेष कार्यक्रमबीच पूजाअर्चना गर्दै निशान तथा मौलो पूजा गरे । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, जितबहादुर पुनलगायत एपीएफ अधिकृत तथा जवानबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

सशस्त्र प्रहरीले सोमबार बिहान ७ बजेर ५ मिनेटको संकल्प साइतमा महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाए ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले वडादसैं अन्तर्गत महानवमीको अवसरमा हरेक वर्ष यस्तो खालको निशान तथा कोतपूजा गर्दै आएको छ ।

सोही कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राईले मौलोपूजा व्यवस्थापनामा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीलार्ई पगरी तथा नगद पुरस्कारले सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.