वडादसैंमा गाउँ पुगेर पशुपतिले दर्शक नचाए

वडादसैंमा गाउँ पुगेर पशुपतिले दर्शक नचाए

लमजुङः दसैंको रौनकले जताततै झपक्कै छोपे पनि पूर्वी लमजुङको राइनास–३, तिनपिप्लेको रौनक भने बेग्लै देखिन्थ्यो । गाउँमा लोकदोहोरी गायक पशुपति शर्मा आउँदैछन्, भन्ने थाहा पाएका यूवायुवतीदेखि बृद्धासम्म शुभकामना साटासाट भन्दा पनि उनकै प्रतिक्षामा बिहानैदेखि कुरीरहेका थिए ।

वडा दसैंको अवसरमा स्थानीय अकला युवा क्लबले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमका लागि तिनपिप्ले आएका पशुपतिलाई कार्यक्रम स्थलमा गेटमा आइपुगेपछि दर्शकले घेराहाल्न थालिहाले ।

मञ्चमा सांसद जमिन्द्रमान घले भाषण गर्दै थिए । पुशपतिलाई उनले माइकबाटै स्वागत गरे । स्थानीयको बाक्लो भिडलाई सम्बोधन गर्न पुगेका अर्का सांसद लालबहादुर गुरुङले पनि भाषणभन्दा पुशपतिकै स्वागतमा समय खर्चिए ।

कालो टिसर्ट र सेतो पाइन्टमा सजिएका पशुपति स्टेजमा पुग्नासाथ हुटीङ सुरु भइहाल्यो । ‘म्युजिक ट्रयाक बिनै, ‘मलाई अमेरीका यही....’ लगायतका केही गीत गाउनासाथै दर्शकदीर्घाबाट तालीको गडगडाहड शुरु भइहाल्यो ।

सधैँ टेलीभिजनको पर्दामा देखिने पशुपति गाउँमै प्रत्यक्ष हेर्न र उनका गीत सुन्नका लागि गाउँगाउँबाट मान्छेको ओइरो नै लागेको थियो ।

दसैंदेखि तीजका गरी गरी झण्डै एकदर्जन गीत गाएका पशुपतिले स्थानीयलाई भरपुर मनोरञ्जन दिलाए ।

‘भन्देऊ न कुन चाहिँ हामी दुईमा ....’ बोलको तीज गीत गाउँदै दर्शक छेऊमै पुगेका उनले फेरी अर्कै तीज गीत गाए । ‘हेर्न ओइ बाटुली यसरी हो नाच्ने....’ भन्दै उनी आफैं नाचे, मञ्चमा बसेका अतिथि कलाकार, आयोजक र दर्शकलाई नचाए । पशुपतिको सुरिलो भाका गुञ्जदाँ कार्यक्रम स्थलमा दर्शकदीर्घाको खचाखच थियो । अकला युवा क्ल्बले आफ्नो दोस्रो बार्षिक उत्सव र दसैं विशेष बृहत सांस्कतिक कार्यक्रममा दर्शकहरु बेलुका सम्म आइरहेका थिए ।

‘बाबियो काटेर...’, ‘कुहुकुहु कोइली चरी करायो बनैमा....’ बोलको दसैंतिहार केन्द्रित गीत गाएका उनले अर्की गायीका पूजा तामाङसंग दोहोरी जमाइहाले । ‘तिमीलाई टाढा, मलाई नि टाढा, माछीकाँडे डाँडैमा घर सार..’ बोलकको भाकामा दोहोरी जम्दा दर्र्शकदीर्घ निकै खुशी देखिन्थे ।

सांस्कृतिक कार्यक्रममा लोकदोहोरीसँगै आधुनिक गीतबाट पनि युवायुवतीले मनोरञ्जन लिए । कलाकार मदन थापाको आधुनिक गीतले युवायुवती कोही हुटिङ लागएका देखिन्थे । केही छमछमी नाच्दै थिए ।

‘संस्कारयुक्त समाज निर्माण हाम्रो अभियान’ भन्ने मुलनाराका साथ आयोजना भएको कार्यक्रममा कार्यक्रममा स्थानीय कलाकार प्रशान्त तामाङ, सरिता परियार, अशोक भुजेल, वीरेन्द्र पाण्डे लगायतका कलाकारको प्रस्तुतिबाट दर्शकदीर्घा भरपुर मनोरञ्जन लिए।

क्लबले बर्षेनी संस्कृति र रचनात्मक काम गर्ने क्लबका अध्यक्ष माधव पौडेलले बताए । ‘संस्कृतिको जगेर्नासँगै सामाजिक काममा यूवाको क्रियाशीलता लागि हामी लागेका हौ,’ उनले भने ।

पशुपति र अन्य कलाकारको मनोरञ्जन हेर्न स्थानीयमात्रै होइन अन्यत्र ठाउँबाट सर्वसाधरण आएको स्थानीय उज्ववल खनालले बताए ।

सांस्कृतिक कार्यक्रमकै लागि काठमाडौं देखि तिनपिप्ले आईपुगेका नेबिसंघका केन्द्रीय सदस्य शुशील भट्टले स्थानीयको यूवाहरुको अभियानले समाज रुपान्तरणमा ठुलो सहयोग पु¥याउने बताए ।

सांस्कृतिक कार्यक्रमबाटै युवाले चाडपर्वमा फजुल खर्च गर्ने बानीलाई निरुत्साहित गर्न आग्रह गरिरहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.