झापाको विर्तामोडमा बस जुद्धा ६५ घाइते

 झापाको विर्तामोडमा बस जुद्धा ६५ घाइते

विर्तामोडः झापाको विर्ताामोडको पञ्चकन्या अगाडि दुई बस जुध्दा ६५ यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमाको विर्तामोड खण्डमा बुधबार बिहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।

बुधबार विहान काँकरभिट्टाबाट दमक जाँदै गरेको ना ५ ख ६५६१ नम्बरको बस विपरित दिशाबाट आएको ना ५ ख १८९८ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेकामध्ये ४ यात्रु र काँकरभिट्टाबाट दमक जाँदै गरेको बसका चालकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

गिरीका अनुसार अर्का बसका चालक इलाका प्रहरी कार्यालय विर्तामोडको सम्पर्कमा रहेका छन् । घाइते सबैको विर्तामोडका अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए ।

घाइतेमध्येका १६ जनाको विर्ता सिटी अस्पतालमा, ६ जनाको कञ्चनजंघा अस्पतालमा, १० जनाको मनमोहन अस्पतालमा र ३३ जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जानकारी दिएको छ ।

झापाका इन्सपेक्टर जनार्दन घिमिरेका अनुसार तिब्र गतिका कारण दुई बस जुधेका हुन् ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.