दाउराले पिठ्यूँमा हिर्काएर आमाले ६ वर्षीया छोरीको हत्या गरिन्

 दाउराले पिठ्यूँमा हिर्काएर आमाले ६ वर्षीया छोरीको हत्या गरिन्

रोल्पाः दसैंको टीकाको दिन राती रोल्पामा आमाले आफ्नै छोरीको हत्या गरेकिछिन् । लिबाङ नगरपालिका २ खुमेलकी २९ बर्षीया धना वुढाथोकीले ६ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव बस्नेतका अनुसार छोरीको हत्याको सूचनाका आधारमा धनालाई बुधबार विहान पक्राउ गरिएको हो । मंगलबार राती नौ बजे छोरीलाई दाउराले पिठ्यूमा हिर्काएपछि बेहोस भएकी थिइन । छिमेकी खुम्बबहादुर बुढाले घटनाको सूचना दिएपछि प्रहरी घटना स्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज प्रहरी निरीक्षक शशीधर अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थल पुग्दा बालिका मृत अवस्थामा फेला परेकि थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आमाले छोरीको हत्या गरेको खुलेको भन्दै आमालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाउँलेले आमाको मानसिक सन्तुलन ठिक नभएको प्रहरीलाई जनाएका छन् ।

माइतीघरमा बस्दै आएकी धनाको पती भने विदेश छन् । दशैं विदा भएकाले कार्यालय संचालन हुने शुक्रबार घटनाबारे अदालतमा मुद्दा दायर गर्ने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

एक अर्को घटनामा ढुंगा प्रहार हुँदा थबाङकी एक महिला गम्भीर घाइते भएकी छिन् । थबाङ ८ कि ३८ बर्षीया सुनाकुमारी नेपालीको टाउको र बाँया कानको कन्चटमा गम्भीर चोट लागेर गएराती साढे बाह्र बजेदेखि बेहोस छिन् ।

थबाङ स्थित इलाका प्रहरी कार्यालयमा उनका पति धु्रब नेपालीले अपरिचित व्यक्तिले आफ्नो पत्नीलाई ढुंगा प्रहार गरी घाइते बनाएको सूचना दिए ।

सुनाकुमारीको स्थानीय सामुदायि अस्पतालमा उपचार भइरहेको छ । चोट लागेको घाउँमा २७ टाँका लगाइएको छ । उनको होस अभैm खुलेको छैन् । घटनामा पतिको संलग्नतको आशंकामा थबाङ स्थित प्रहरीले पति धु्रबलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।
घटनाबारे थप अनुसन्धानका लागि बुधबार विहानै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरिक्षक राजिव श्रेष्ठको नेतृत्वमा प्रहरी थबाङ पुगेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.