नेते खोलाले बस बगायो, यात्रु सकुशल
विर्तामोडः इलामको बर्फल्यांगबाट झापाको शनिश्चरे आउँदै गरेको यात्रु बस नेते खोलाले बगाएको छ । लगातारको बर्षाले खोला बढेका कारण यात्रु बस बगाएको बसमा सवार शनिश्चरेकी गीता घिमिरेले जानकारी दिइन् ।
इलामको दक्षिण भेगका मानिसहरु खोलाकै बाटो हुँदै यात्रा गर्न बाध्य छन् । विहान ११ बजे बस खोला आइपुग्नसाथ माथिबाट खोला उर्लेर आएपछि उक्त बसका चालकले बस रोकेका थिए । त्यसपछि यात्रुलाई बसबाट निकालिएको थियो ।
बसमा करिब ३० जना यात्रु सवार थिए । घिमिरेका अनुसार बसमा सवार बालबालिकालाई झ्यालबाट बाहिर निकालेर ठूला मान्छे बाहिर निस्केका थिए । उनले भनिन्, ‘गाडीलाई पानीले पल्टाउँदैथ्यो । बाल बाल बचियो ।’