भक्तपुरको लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु

भक्तपुरको लोकन्थलीमा दुर्घटनामा एकको मृत्यु

भक्तपुुरः भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार विहान करिब १ः३० बजे बा २२ प ६०६९ नंको मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँ–३५ काँडाघारी घर भई कपन बस्ने २५ वर्षीय युकेश श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

भक्तपुरमा साथीको भान्जीको जन्मदिनको पार्टी मनाएर फर्कंदै गर्दा राति तीव्रगतिमा आएको मोटरसाइकल मनोहरा पुलको बारमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.