रक्सी खाएर नालामा खस्दा युवकको मृत्यु

रक्सी खाएर नालामा खस्दा युवकको मृत्यु


वीरगन्जः वीरगन्जको मेनरोडमा रहेको महावीर मन्दिर नजिकको नालामा बिहिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

वीरगन्ज ४ वीर्ता गणेशमान चोकका राम प्रसाद शर्माका ३२ वर्षिय छोरा गोपाल शर्मा मृत अवस्थामा फेला परेका हुन् ।

बुधबार साँझ देखि घरबाट बाहिर निस्किएका गोपाल , महावीर मन्दिर नजिकैको नालामा बिहिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महावीर मन्दिर नजिक जडान गरिएको सिसि टिभी क्यामेरामा कैद भएको दृश्य अनुसार , बुधबार राति १२ बजेर १८ मिनेटको समयमा मदिराको नशामा रहेका गोपाल , हिडने क्रममा अनियन्त्रित भइ आफै लडेर नालामा खसेको र टाउकोमा गम्भिर चोट लागेका कारण उनको मृत्यु भएको हुन सक्ने पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.