टेलिभिजन बहसमा हिलारी उत्कृष्ट

टेलिभिजन बहसमा हिलारी उत्कृष्ट

काठमाडौः आगामी नोभेम्बर आठमा अमेरिकाको ४५ औं राष्ट्रपतिका लागि हुन गइरहेको निर्वाचनका अग्रपंक्तिमा रहेका उम्मेदवारद्वय डेमोक्र्याटिक पार्टीकी अठसठ्ठी वर्षीय हिलारी रोधाम क्लिन्टन र रिपब्लिकन पार्टीका सत्तरी वर्षीय डोनाल्ड ट्रम्पबीच हालैका केही सातायता दुईपटकसम्म प्रत्यक्ष टेलिभिजन बहस सम्पन्न भयो ।

करिब ९० मिनेट चलेको पहिलो टेलिभिजन बहसलाई १० करोडभन्दा बढी दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेरेका अनुमान गरिएको थियो । दुई उम्मेदवारबीच चलेको त्यस प्रत्यक्ष बहस कार्यक्रमलाई अमेरिकी टेलिभिजनको इतिहासमा सबभन्दा बढी दर्शकले एकैपटक हेरेको कार्यक्रम भनी टिप्पणी गरिएको थियो ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका उम्मेदवारको प्रत्यक्ष टेलिभिजन बहसलाई जनताको मत आफूतिर आकर्षित गर्न निकै महत्वपूर्ण र निर्णायक मानिन्छ । अमेरिकाको विदेशमन्त्रीको पद सम्हाल्दा १ सय १२ वटा देशको भ्रमण गरेकी हिलारीलाई पहिलो प्रत्यक्ष बहसको क्रममा ट्रम्पले अमेरिकी राष्ट्रपति बन्ने ह्याउ र आँट नभएको आरोप लगाएका थिए ।

त्यस प्रत्यक्ष बहस कार्यक्रम आयोजना हुनुभन्दा केही समयअघि अमेरिकाका विभिन्न राज्यका विद्यालय, रेस्टुराँ र सार्वजनिक स्थलमा जथाभावी गोली प्रहारका घटना भएका थिए ।

सो घटनाबाट निर्दोष बालबालिकासहित धेरैजनाको ज्यान गएको थियो । अझ एक ठाउँमा त एक अश्वेतवर्णका प्रहरीको गोलीबाट अश्वेतवर्णकै व्यक्तिको मृत्यु भएको ताजा घटनाका कारण गोरा र कालाबीच घृणा र विद्वेषको बीजारोपण भई सामाजिक सद्भाव खल्बलिई उग्ररूप लिएको थियो ।

पहिलो प्रत्यक्ष बहस कार्यक्रममा ती घटनालाई आफ्नै ढंगले सम्बोधन गर्दै उम्मेदवार ट्रम्पले अफ्रिकी मूलका अमेरिकीहरूको बन्दुक आतंकले देशलाई नरक बनाएको आरोप लगाएका थिए । ट्रम्पले एक अफ्रिकी मूलका अमेरिकी नागरिक दुईपटकसम्म अमेरिकी राष्ट्रपति बनेको तथ्यप्रति

मौन रहेका थिए । यस्तो विषयलाई उल्लेख नगर्दा ट्रम्पको आँट र अठोटमाथि अन्योल उत्पन्न भयो । सम्पूर्ण विश्वलाई चिन्तित बनाइरहेको तीव्र जलवायु परिवर्तनको विषयलाई ‘चीनले फैलाएको हौवा' भनेर ट्रम्पले बताएका थिए ।

विश्वलाई चिन्तित बनाएको तीव्र जलवायु परिवर्तन यस्तो विषयलाई विश्वलाई अमेरिकी राष्ट्रपति पदका उम्मेदवारको यो गैह्रजिम्मेवार कथन भएको भन्दै अर्की उम्मेदवार हिलारीले विरोध गरेकी थिइन् ।

हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री हुँदा अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल कद्दाफीविरुद्धको कारबाही, मध्यपूर्वी राष्ट्रहरूमा प्रजातन्त्रका लागि चलेको आन्दोलनमा समर्थन, आतंककारी अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाही, विश्वबाटै आतंकवाद निर्मूल पार्न आवश्यकस्थानमा अमेरिकी सहयोगको पूर्ण प्रतिबद्धता लगायतजस्ता कैयौं अमेरिकी वैदेशिक नीति र गतिविधिमा काम गरेकी थिन् । हिलारीकै बुद्धिमत्तापूर्ण सहयोगका कारण यी सब सफल भएका थिए ।

अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदका लागि लाममा उभिएका ट्रम्पले कुनै पनि विचारणीय पक्षलाई वास्ता नगरी हिलारीलाई इस्लामिक स्टेट (आइएस) लडाकुविरुद्ध कमजोर र इरानप्रति चाहिने भन्दा बढ्तै नरम भएको आरोप लगाए ।

हिलारीले इरानप्रति नरम पन्थ प्रदर्शन गरेको अर्थ कडा नीति र रुखोपनले त्यस क्षेत्रमा थप द्वन्द्व उत्पन्न गराई क्षेत्रिय शान्ति खलबलिन्छ भन्ने ज्ञान ट्रम्पलाई नभए जस्तो देखियो । परापूर्व कालदेखि नै महिलालाई उच्च स्थानमा राखिने गरेको मानवीय मूल्य र मान्यता छ । जुन मान्यता अहिले आएर त अझै उच्च र गरिमामय भएको छ ।

विश्वलाई समानता र सभ्यताको पाठ पठाउने अग्रणी अमेरिकाको बहुचर्चित राष्ट्रपति पदका उम्मेदवारको अग्रस्थानमा रहेका ट्रम्पले मानवीय मूल्य र मान्यतालाई बेवास्ता फोहोरी सुँगुर र भुस्याहा कुकुर (डर्टी स्वाइन, स्ट्रे डग) जस्ता शब्द प्रयोग गरी बहसको क्रममा अति तल्लो स्तरका गाली गलोजमा उत्रिएका थिए ।

अमेरिकी नीतिमा उदारताका कारण रैथाने अमेरिकी र विश्वका अन्य मूलका अमेरिकीबीच विभेद गर्नु भनेको म्याद गुज्रिएको औषधि खुवाएजस्तो वा हब्सी समुदायलाई कमारा, कमारी राख्ने सयौं वर्ष पुरानो विचारधाराको अवशेषसँग तुलना हुन जान्छ । यस्तो विषयमा ट्रम्प फस्दै आएका छन् ।

विश्वका प्रायजसो सबै नागरिकबीच उत्सुकता रहेको यस पटकको अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीच सम्पन्न प्रत्यक्ष बहसहरूका नतिजाको पूर्वानुमान गर्दा बहुसंख्यक मतदाताले हिलारी क्लिन्टनलाई मन पराएका छन् ।

प्रत्यक्ष बहसपछिका हुन् वा त्यसअघिका विभिन्न प्रारम्भिक सर्वेक्षणले देखाएअनुसार विषयवस्तुदेखि प्रस्तुित र विचार प्रकट गर्ने क्षमतासम्मका विभिन्न पक्षबाट हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको तुलनामा हिलारी क्लिन्टन निकै अगाडि र अत्यन्त सफल रहेको पाइन्छ । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यस्तो अवरोध धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।

भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल, पाकिस्तान, बंगलादेश र पछिल्लो समयमा आएर नेपालमा समेत महिलाले राष्ट्रपति पदको जिम्मेवारी पाइसकेका अवस्थामा अमेरिकाले महिला राष्ट्रपति पाओस् भन्ने विश्वको चाहना रहेको छ । विश्वलाई शक्तिशाली देश अमेरिकामा महिला राष्ट्रपति हुनु एक अत्यन्त गरिमामय विषय हो । 

‘ट्रम्पमाथि लगाइएका आरोप गलत सावित हुँदै'


वासिङटनः अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि विपक्षीले अमेरिकी महिलामाथि यौन हिंसा गरेको भनी लगाएका आरोपले क्रमशः सफाइ पाइरहेको नेता माइक पेन्सले शुक्रबार बताएका छन् । निर्वाचनमा ट्रम्पलाई जस्तो सुकै लाञ्छना लगाए पनि रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेदवार रहेकाले ट्रम्पको विजय सुनिश्चित भएको पेन्सको भनाइ थियो ।

शुक्रबार अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा रिपब्लिकन पार्टीद्वारा चलाएका चुनावी अभियानले ट्रम्पमाथि लगाइएका झूटा आरोपलाई खण्डन गर्दै अमेरिकी नागरिकबीच उनीमाथि लगाइएका दोषारोपण सत्य नभएको स्पष्ट पार्न सफल भएको नेता पेन्सले दाबी गरे ।

पेन्सले केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि लागेका यौन हिंसासम्बन्धी झूटो आरोपलाई अन्यायपूर्ण तरिकाले प्रचार गर्न लागिपरेको उनको भनाइ छ । सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याकसम्बन्धी समाचारलाई समेत अमेरिकी नागरिकबीच पुर्‍याउन र निर्वाचनबाट स्वच्छ, इमानदार तथा दक्ष नेतृत्व चयन गर्न सहयोग गर्ने अभियान चलाउन सञ्चारकर्मीलाई आग्रह गरे । पेन्सले ट्रम्पमाथि लगाइएका यौन हिंसासम्बन्धी आरोपको खण्डन गर्दै अमेरिकी महिला जो कहिल्यै पनि नेता ट्रम्पको सम्पर्कमा पुग्न सकेका थिएनन् ।

उनीहरू पनि ट्रम्पबाट पीडित भएको भनी प्रचार गरिनु आश्चर्यको कुरा भएको बताए । फ्लोरिडा र ओहिओमा राज्यमा हालै सम्पन्न निर्वाचन अभियानमा ट्रम्पप्रतिको आकर्षण थप बढेको रिपब्लिकन समर्थकको दाबी छ ।रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.