१५ किलोमिटर पार गर्न दुई दिन (फोटोफिचर)

१५ किलोमिटर पार गर्न दुई दिन (फोटोफिचर)

संखुवासभाः राजमार्ग र ग्रामीण सडक खाल्डाखुल्डीसँगै हिल्लाम्य भएपछि दुई महिनादेखि यातयात चलाउन यहाँ निकै सकस छ। दैनिक जसो सयौँ यात्रु  सास्ती भोग्न बाध्य छन् ।

यात्रुनै सडक मर्मतमा जुट्छन्, ढुंगा माटो पन्छाउँछन्, गाडी ठेल्छन्, अनि गन्तव्यमा पुग्न उनीहरु अनेक कोसिस गर्छन्। तर यो सकस किन भइरहेको छ भनेर कसैले पनि सोच्दैनन् ।

संखुवासभा र भोजपुरका यात्रुको चाप धान्न दैनिक ५० बढी बस र ५० कै हाराहारीमा मालबहाक साधन चल्ने गर्छन् । १५ किलोमिटर सडक पार गर्न दुई दिनसम्म लाग्ने गरेको छ।

मौसम र सडकको अवस्थालाई ख्याल नगरी जथाभावी सडक अवस्था आएको हो । राज्यको असारे विकास प्रवृत्तिले बजेट फ्रिज हुने भन्दै रातरात सडकलाई थप भत्काउने र रंग्याउने काम गरेपछि कोशी राजमार्ग र ग्रामीण सडकको अवस्था दयनीय भएर कामै नलाग्ने अवस्थामा पुगेको छ।

जिल्ला सडक सञ्जालसँग जोडिएका २३ सडक मात्र नभएर कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीदेखि चैनपुरसम्मको सडकको अवस्था झन् उस्तै छ । यता माध्य पहाडी राजमर्ग अन्र्तगत हिलेदेखि लेुगुवा सडक र लेगुवादेखि सभासम्मको सडकको हातल पनि उस्तै हो 

प्रत्येक दिन चैनपुर–मुडे सडक खण्डमा सडकले हजारौँ सर्वसाधारणलाई सास्ती दिएको छ भने दिङला–खाँदबारी सडकको हालत उस्तै छ ।

चैनपुर–मुडे सडकखण्ड र दिङला खाँदबारी कच्ची सडकका केही तस्बिर:

Nepali-Road5

Nepali-Road4

Nepali-Road2


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.