राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीकी छाेरी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नातिको आइतबार टीकाटालो गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवका नाति अभिशेष यादव र राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमबीच टीकाटालो भएको हो।

आइतबार राष्ट्रपति भवन शितल निवासमा हिन्दू परम्परा अनुसार टीकाटालो भएको नेपाली कांग्रेसकी सांसद अर्थात् अभिषेककी आमा किरण यादवले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन् ।

किरण यादव पूर्वराष्ट्रपति डा. यादवकी भतिजी हुन् । किरण दोस्रो संविधानसभा चुनावमा महोत्तरबाट निर्वाचित सांसद् हुन् । किरणका छोरा अभिषेक बेलायतमा उच्च शिक्षा अर्जन गरिराखेका छन् भने राष्ट्रपतिकी छोरी निशाकुसुमले भारतबाट एमबिबिएस उत्र्तीण गरिसकेकी छिन् ।

गजब संयोजक त के छ भने अभिषेक र निशाकुसुम विद्यालयका सहपाठी समेत हुन् । दुवै परिवारबीच माघमा विवाह गर्ने सहमति भएको सांसद् यादवले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.