'संविधान संशोधन नभए सरकारलार्इ दिएको समर्थन फिर्ता लिन्छाैं'
!['संविधान संशोधन नभए सरकारलार्इ दिएको समर्थन फिर्ता लिन्छाैं'](https://annapurnapost.prixacdn.net/media/albums/rajendra-mahato-5803767b77d184.86433046_uoK0JFwYta.jpg)
जनकपुरधाम: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वभित्र व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
जनकपुरमा अाइतबार अायोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म प्रतीक्षा गर्ने बताएका हुन्। अध्यक्ष महतोले सरकारले छठअघि संशोधन प्रस्ताव दर्ता नगरे पुनः आन्दोलनका लागि तयार रहन कार्यकर्तालार्ई निर्देशन समेत दिए।
उनले सद्भावना पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच एकताका लागि गृहकार्य भइरहे पनि ठोस वार्ता नभएको जानकारी दिए। उनले भने,'मधेसवादी दलबीचको एकता नै मधेसी जनताको आकाङ्क्षा रहेकाले अहिले एकताको खाँचो छ।' रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)