भाषा विवादः पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश
काठमाडौँ: सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन परेको रिट निवेदनमा थप बहसका लागि पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले सो निवेदनमा अग्राधिकारसहित पूर्ण इजलासमा पठाउने आदेश आइतबार जारी गरेको हो ।
नेपाली भाषाको वर्णविन्यासमा भएको त्रुटि सच्याउन माग गर्दै अधिवक्ता स्वागत नेपाल र सञ्चारकर्मी टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।