त्रिशुलीमा बस खस्दा एकको मृत्यु, नौजनाको जीवितै उद्धार, चालक अझै भेटिएनन्

त्रिशुलीमा बस खस्दा एकको मृत्यु,  नौजनाको जीवितै उद्धार, चालक अझै भेटिएनन्

चितवनः मुग्लिन-नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ ।

नौ जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । उनको पूरै नाम र ठेगाना भने नखुलेको कुँबरले बताए ।चालक अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

काठमाण्डौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मङ्गलबार बेलुकी साँढे आठ बजे सडकबाट नारायणी नदीमा खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा घाइते हुनेमध्ये धादिङ सलाङका कृष्ण नेपाली गम्भीर घाइते भएका छन् ।

उनको थप उपचारका लागि काठमाण्डौं पठाइएको एसपी कुँबरले जनाए । अन्यको अबस्था सामान्य छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भएको छ ।

चालक अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । बसमा ११ जना मात्र सवार रहेको एसपी कुँबरले जानकारी दिए ।

दुर्घटनास्थल मुग्लिनबाट नौ किलोमिटर नारायणगढतर्फ पर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.