कक्षा दसको परीक्षा पनिकाले नै लिने

कक्षा दसको परीक्षा पनिकाले नै लिने

काठमाडौः कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस वर्षका लागि कक्षा दसको परीक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी पनिकालाई दिइएको हो । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बोर्डले दिएको अधिकार प्रयोग गरी यस वर्ष कक्षा दसको परीक्षाका लागि आवेदन फाराम र कक्षा नौमा २०७४ को परीक्षाका लागि रजिस्ट्रेसन फाराम भरिसकेको बताए । परीक्षाका लागि उत्तरपुस्तिका छपाइको तयारी भइरहेको पनि रेग्मीले बताए ।

‘कक्षा दसको परीक्षाका लागि आवेदन फाराम भरेका विद्यार्थीको जिल्ला शिक्षा कार्यालयमा ‘इन्ट्री’ भइरहेको छ’, रेग्मीले भने । जिल्लाले इन्ट्री गरेपछि पनिकामा पठाउने व्यवस्था छ । २०७४ सालमा सञ्चालन गरिने कक्ष दसको परीक्षाका लागि पनि अहिले कक्षा नौमा रजिस्ट्रेसन भइरहेको छ ।

दस कक्षाको परीक्षामा सहभागी विद्यार्थीको सर्टिफिकेटमा ‘पास’ वा ‘फेल’ उल्लेख हुँदैन तर विद्यार्थीले प्राप्त गरेको जीपीए र ग्रेडअनुसार कक्षा एघारमा भर्ना हुन पाउने विषय तोकिएको हुनेछ ।
अघिल्लो वर्ष कक्षा दसको अन्त्यमा लिइएको एसएलसी परीक्षाका लागि नियमित र एक्जाम्टेड गरी झन्डै ६ लाख १५ हजारले आवेदन फाराम भरेका थिए ।

अब पनिकाले प्रश्नपत्र निर्माणलगायत कामलाई समेत निरन्तरता दिनेछ । केही जिल्लामा अघिल्ला वर्षका उत्तरपुस्तिका पनि बाँकी छन् । ती उत्तरपुस्तिका पनि यस वर्षको परीक्षामा प्रयोग गरिने रेग्मीले बताए । संशोधित शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय तह मानेको छ ।

संशोधित शिक्षा ऐनले कक्षा १० मा क्षेत्रीय स्तरमा परीक्षा हुने भनेको छ तर राष्ट्रिय परीक्षा बोर्डको स्थायी संरचना बनेको छैन । क्षेत्रीय संरचना पनि छैनन् । तर कक्षा दसको अन्त्यमा लिइने परीक्षालाई के नाम दिने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ ।

राष्ट्रिय परीक्षा बोर्डले पनिकासँग समन्वय गरी कक्षा दस र कक्षा बाह्रको अन्त्यमा दुईपटक एसएलसी परीक्षा लिने प्रस्ताव शिक्षा मन्त्रालयसमक्ष गरिसकेको छ । तर निर्णय हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.