अन्नपूर्णको ओएमजी पुरस्कार भट्टराईलाई

अन्नपूर्णको ओएमजी पुरस्कार भट्टराईलाई

विराटनगरः अन्नपूर्ण पोष्टको ग्राहक योजना ‘नपर्ने त कुरै छैन ओएमजी अभियान' अन्तर्गत ३६ औं साताको पुरस्कार झापा बिर्तामोडका नविन भट्टराईले प्राप्त गरेका छन् । सो पुरस्कार अन्नपूर्ण पोष्टको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

उद्योग सँगठन मोरङका कार्यकारी सदस्य तथा उद्योगी सुबोध कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कार ग्रहण गर्दै भट्राईले भने, ‘अन्नपूर्ण पोष्टको ग्राहक बन्दा अन्यत्रमात्र पुरस्कार पर्छ भन्ने सुन्ने गरिन्थ्यो तर होइन रहेछ सबैतिरका ग्राहकले पाएका रहेछन्, मैले पनि प्राप्त गरे निकै खुसी लागेको छ ।' उनलाई अन्नपूर्ण पोष्टका तर्पmबाट घरायसी प्रयोगका सामग्री दिईएको छ ।

कार्यक्रममा बोल्दै उद्योगी कोइरालाले अन्नपूर्णको ग्राहक योजनाले जनमानसमा राम्रो प्रभाव परेको र यसले बजारीकरणमा निकै सकारात्मक छाप परेको बताउँदै भने, ‘पुरस्कार प्राप्त गर्ने ग्राहकलाई कार्यालयमै ल्याएर ससम्मान वितरण गर्नु उदाहरणीय हो ।' अन्नपूर्ण ब्रान्डले आफ्नो विषयमा ग्राहकलाई सकारात्मक प्रभाव छाड्नु अहिलेको आवश्यकता रहेकोमा उनले जोड दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.