प्रियंका चोपडाले माफी मागिन्
एजेन्सीः बलिउड नायिका प्रियंका चोपडाले आफ्नो प्रकाशित तस्बिरलाई लिएर माफी मागेकी छन् । उनले ‘ट्राभल’ म्यागेजिनमा छापिएको एउटा तस्बिरलाई लिएर माफी मागेकी हुन् ।
प्रियंकाले लगाएको टिसर्टको आगाडि भागमा रिफ्युजी, माइग्रेट, आउटसाइटर र ट्राभलर शब्द देखिएको थियो । म्यागेजिनमा यीमध्ये ट्राभलरबाहेकका शब्द केरिएका थिए ।
ट्राभलमा छापिएको उक्त फोटोको निकै आलोचना भएपछि उनले एक टेलिभिजनमा बोल्दै माफी मागेकी हुन् । तस्बिर छापिएपछि म्यागेजिन र प्रियंका दुवैको निकै आलोचना भएको थियो ।
धेरैले ‘कोही पनि रहरले शरणार्थी हुँदैन’ भन्दै टिप्पणी गरेपछि उनले भारतीय एक टेलिभिजनमार्फत माफी मागेको सञ्चारमाध्यमहरूमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
३