भारतबाट अवैध भित्रिएको धानको बोरामा कपडा तस्करी

भारतबाट अवैध भित्रिएको धानको बोरामा कपडा तस्करी

वीरगन्जः भारतबाट अवैध रुपमा भित्रिएको धानको बोरा भित्र लुकाएर कपडाको पनि तस्करी हुने गरेको सार्वजनिक भएको छ ।

पर्साको जानकीटोला गाविसबाट बुधबार बिहान पक्राउ गरेको तस्करीको धान लोड गरिएको ट्याक्टरबाट लाखौँ मूल्यको कपडा बरामद भएको छ । प्रहरीले ३१ लाख रुपैयाँ मूल्यको कपडा बरामद गरेपछि धानको बोराभित्र कपडा तस्करी हुने गरेको खुलासा भएको हो ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले बुधबार बिहान ५६ बोरा धानसहित ना १ त ६०१२ नम्बरको ट्याक्टर बरामद गरेको छ ।

बरामद भएको ट्याक्टरमा रहेको धानका बोरा गन्ने क्रममा ट्याक्टरको टेलरमा रहेका धानको बोरा मुनि ३१ पोका भारतीय शीयाराम ब्राण्डका सर्टिङ सुटिंगका थान कपडा फेला परेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

‘भारतबाट तस्करी गरेर ल्याइएको धान सहितको ट्याक्टरमा चेकजाँच गर्दा धानको बोरा मुनि कपडा भेटिएको हो’, उनले भने, ‘धानको बोरा भित्रबाट तस्करीको कपडा बरामद भएको यो पहिलो घटना हो ।’

तिहार र छठ पर्वलाई लक्षित गरेर कारोबारीले राजश्व छलेर भित्र्याएको कपडा बरामद गरेको जोशीले बताए ।

प्रहरीले बरामद कपडा, धान र ट्याक्टर आवश्यक कार्वाहीका लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।

धान र कपडासँगै पक्राउ परेका ट्याक्टर चालक ओम प्रकाश महत्तोलाई भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

एक सय ५८ वटा चाँदीका सिक्का बरामद

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको चाँदी सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट बरामद गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरीको राजश्व चुहावट नियन्त्रण टोलीले बुधबार बिहान वीरगन्ज भन्सार क्षेत्रबाटै चाँदीका एक सय ५८ थान सिक्का र दुई जोर पाउजु बरामद गरेको हो ।
Crime-1
भारतको रक्सौलबाट वीरगन्ज बजार आउदै गरेका साइकल यात्रीलाई शंका लागेर चेकजाँच गर्दा चाँदीको सिक्का र पाउजु बरामद भएको हो । चाँदी तस्करी गर्ने व्याक्ति भने चाँदी छाडेर फरार भएकाले फत्राउ गर्न नसकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील सुवेदीले बताए ।

बरामद चाँदीको सिक्का र पाउजु आवश्यक कार्वाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.