रकम हिनामिनाको आरोपमा गीतकार योगेन्द्रमणि पक्राउ

रकम हिनामिनाको आरोपमा गीतकार योगेन्द्रमणि पक्राउ

काठमाडौँ: गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गीतकार दाहाल २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए । त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो ।

गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’, लगायत गीतिसङ्ग्रह प्रकाशित भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.