सुनचाँदी व्यवसायीको उम्मेदवारी घोषणा

सुनचाँदी व्यवसायीको उम्मेदवारी घोषणा

वीरगन्जः नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको चुनावका लागि माणिक रत्न शाक्य पक्षको समूहले बुधबार उम्मेदवारी घोषणा गरेको छ ।

वीरगन्जमा बुधबार पर्सा सुनचाँदी व्यवसायी संघले आयोजना गरेकको कार्यक्रममा शाक्य पक्ष समूहले उम्मेदवारी घोषणा गरेको हो ।

कार्यक्रममा अध्यक्ष पदका लागि शाक्यले आफूले उम्मेदवारी दिने बताए । यस्तै आफ्नै समूहबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानुराज शाक्य, उपाध्यक्षमा प्रेम कुमार सेन्चुरी, मोहनकाजी शाक्य, दिपेश शाक्य, विपिन रामुदामु र शिवकुमार सर्राफले उम्मेदवारी दिने शाक्यले घोषणा गरे ।

यसैगरि महासचिव पदका लागि धर्म सुन्दर बज्रचार्य, कोषाध्यक्षमा ज्ञानकाजी शाक्य, सचिव किरणभाइ बज्रचार्य , सहकोषाध्यक्षमा किसन मास्केले पनि शाक्य समूहबाटै उम्मेदवारी दिने घोषणा गरे ।

यसैगरि सदस्यमा निरज सर्राफ (मुन्ना सर्राफ), मनोज कुमार साह, रवीन शाक्य, राजेन्द्र विश्वकर्मा, तेज बहादुर सुनार, बदरे आलम अन्सारी, केश बहादुर सुनुवार, रोहीना देवी शाक्य गरि २८ जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

पर्सा सुन चाँदी व्यवसायी संघका अध्यक्ष निरज कुमार सर्राफको अध्यक्षतमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका अध्यक्ष मणिरत्न शाक्य पनि सहभागी थिए । नयाँ नेतृत्व चयनका लागि महासंघको दोश्रो महाधिवेशन यही कात्तिक २६ र २७ गते काठमाडौँमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.