सिरहामा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, १३ जना घाइते

सिरहामा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, १३ जना घाइते

लहानः सिरहाको मिर्चैया–६ मा ट्रक र बस ठोक्किँदा बसमा सवार तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ यात्रु घाइते भएका छन्।

काँकडभिट्टाबाट काठमाडाँँतर्फ जाँदै गरेको ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक गएराति दुर्इ बजेतिर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बसमा सवार भारतको सिक्किम गान्तोक निवासी ३३ वर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० वर्षीया बिन्दिया गुरुङ र पाँचथरको रवि–६ निवासी ३५ वर्षीया ननुका राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीण्क्षक श्यामसिंह चौधरीले जानकारी दिए।

दुर्घटनामा परी काठमाडौं निवासी अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, सङ्खुवासभाको धुपु–५ निवासी दिलु कलाखेती, इलामको आमचौक–३ निवासी कसिस क्षेत्री, पशुपतिनगर–५ निवासी लाक्पा तामाङ, बाराको सिमरा निवासी हिरा कार्की, सोही ठाउँका अदिती कार्की, कृष्णबहादुर कार्की, र पाँचथरको रवि–५ निवासी मनोज राई घाइते भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

घाइतेमध्ये अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको र अन्य घाइतेको स्थानीय रेखा नर्सिङ होम मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रकका चालक मकवानपुरको हेटौँडा–३ निवासी फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.