विवाह मण्डपबाटै १३ वर्षीया बालिकाको उद्धार

विवाह मण्डपबाटै १३ वर्षीया बालिकाको उद्धार

संखुवासभाः विवाह मण्डपबाटै बेहुली बन्न लागेकी एक बालिकाको उद्धार गरिएको छ। खाँदबारी–३ का ३२ वर्षीय रमेश गुरुङसँग विवाह वन्धनमा बाँधिदै गरेकी सोही ठाउँकी १३ वर्षीया बालिका सोनी गुरुङलाई विवाह मण्डपबाट उद्धार गरिएको हो। जिल्ला बाल क्लव सञ्जालका पदाधिकारीले बिहीबार बेहुली बालिका सोनीलाई उद्धार गरी प्रहरीलाई जिम्मा लगाएको हो।

महेन्द्र माध्यमिक विद्यालय कक्षा–७ मा अध्यनरत सोनी गुरुङलाई गाउँले र आफन्तको दवावले विवाह गर्न बाध्य बनाइएको बताइएको छ। बुवा दोस्रो विवाह गरी सम्पर्कबिहीन भएको र आमा वैैदेशिक रोजगारका लागि मलेसियामा रहेको अवस्थामा हजुरआमा सर्किनी गुरुङलाई बाध्य बनाएर बालिकाको विवाह गराउन लागिएको थियो।

विवाह समारोह भइरहेको थाहा पाएपछि जिल्ला बाल क्लव सञ्जालका अध्यक्ष मेवाहाङ राई र सदस्य सैलु चौहानले प्रहरीमा उजुरी गरी उद्धार गरेको थियो।बालविवाह समाजको विकृति भएकाले वालिकाको उद्धारमा जुट्नु परेको जिल्ला बाल सञ्जालका अध्यक्ष खेवाहाङ राईले बताए।

प्रहरीले भने पीडकलाई अनमेल विवाह र वालविवाह महलमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ। कानुनको उल्लघंन गरी वालविवाह गरेका कारण वाल सञ्जालले वालविवाह रोक्न अभियान शुरु नगरे वालअधिकार धरापमा पर्ने भन्दै प्रहरीमा उजुरी गरिएको सञ्जालकी सदस्य शैलु चौहानले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.