अप्राकृतिक मैथुन गराउने पक्राउ
काठमाडौं: अप्राकृति मैथुन गराएको अभियोगमा प्रहरीले बंगलामुखीका योगेश श्रेष्ठलाई पक्राउ गरेको छ।
उनले बंगलामुखीमा मागीखाई हिंड्ने १२ वर्षको बालकलाई अप्राकृति मैथुन गराएको पत्ता लागेपछि अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग मंगलबजारले पक्राउ गरेको हो।
प्रहरीले श्रेष्ठ र पीडित भनिएका बालकको स्वास्थ्य परिक्षण गरी अनुसन्धान गरिरहेको जनाएको छ।