दुई थान पेस्तोलसहित पाँचथरका पालुङवा भक्तपुरबाट पक्राउ

दुई थान पेस्तोलसहित पाँचथरका पालुङवा भक्तपुरबाट पक्राउ

भक्तपुरः भक्तपुर प्रहरीले दुई थान कटुवा पेस्तोललगायतका हतियारसहित एकजनालाई बिहीबार नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका १६ लोकन्थलीस्थित सुकुमबासी टोलबाट ४३ वर्षीय सचिन्द्र पालुङवालाई दुई थान कटुवा पेस्तोल, गन्धक ७ लोला, खुकुरी र चक्कु एकएक थान, झण्डा २ थान र तारसहित पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालय विशेष व्युरो तथा भक्तपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएका पालुङवाले आफुलाई मंगोल मूलवासी राष्ट्रिय फोर्स पार्टीको सदस्य बताएको भक्तपुर प्रहरीले बताएको छ ।

पालुङवा पाँचथर जिल्ला पञ्चमी गाविस ३ स्थायी घर भई हाल सुकुमबासी टोलमा बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले पक्राउ परेका पालुङवामाथि हातहतियार तथा खरखजाना ऐनबमोजिम मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.