घोप्टेभिरमा गुडिरहेको बसबाट हाम्फालेर एक व्यक्ति बेपत्ता

घोप्टेभिरमा गुडिरहेको बसबाट हाम्फालेर एक व्यक्ति बेपत्ता

रत्ननगर: चितवनको घोप्टेभिरमा गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान साढे दुर्इ बजेतिर दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन्। भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नम्बरको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन्।

उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ। उनी भिर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ। गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ।

खोजी जारी रहेको प्रहरीले जनाएको छ। अघिल्लो महिनामा त्यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उहाँका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीनजना बेपत्ता भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.