स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने
काठमाडौंः स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा अनिल न्यौपाने निर्वाचित भएका छन्। मञ्चको पहिलो राष्ट्रिय अधिवेशनले स्वास्थ्य खबर पत्रिकाका प्रधान सम्पादक न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो।
मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित भए।
यसैगरी सदस्यहरुमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना , नयाँ पत्रिका दैनिकका भिषा काफ्ले, अन्नपुर्ण पोष्टकी दीपा दाहाल , नागरिक दैनिकका प्रवीण ढकाल, हाम्रो डक्टर डटकमका उद्धवराज भेटवाल र कारोबार दैनिककी जुनु भट्टराईलाई निर्वाचित गरेको छ। यसैगरी मञ्चको पूर्ण सदस्यमा कान्तिपुर दैनिकका कृष्ण ज्ञवाली, राससकी कल्पना पौडेल, स्वास्थ्य खवरका डिबी खड्का र हाम्रो डक्टरका वासुदेव न्यौपाने निर्वाचित भएका छन्।
नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गरी स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने छ ।